Thursday, January 21, 2021

दोलखामा सरकारी कर्मचारीले एक दिनमा ८ छाक खाना खाए


काठमाडौ । दोलखामा सरकारी कर्मचारीले एक दिनमा ८ छाक खाना खाएको देखिएपछि सबै छक्क परेका छन् । सामान्यता मान्छेले दिनमा ४पटक सम्म बढीमा खाना खान सक्छ । तर ८ छाक खाना खाने कर्मचारी देखेर रकम भुक्तानी दिने मानिस पनि छक्क पर्नु स्वभाविकै हो । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय ९कोलोनिका० ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् । त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छ ।

Sunday, April 30, 2017

कालिन्चोक केवलकार एक वर्ष भित्रै सम्पन्न !

एक वर्ष भित्र निर्माण सक्ने उद्धेश्यका साथ कालिञ्चोक केवलकार निर्माण हुदै

बैशाख १७ चरिकोट

दोलखामा निर्माणाधिन कालिन्चोक केवलकार एक वर्ष भित्रै सम्पन्न गर्ने उद्धेश्यका साथ निर्माण भइरहेको छ । विवादका बीच निर्माण भइरहेको कालिञ्चोक केवलकार निर्माणमा  झण्डै २० करोड रकम खर्च भइसकेको बताइएको छ ।
कालिञ्चोक केवलकार निर्माण कम्पनीका असोक शिवाकोटीले केवलकारको सिस्टम ए अन्तरगतका कामहरु अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । करिव ४४ करोड लागतमा निर्माण सम्पन्न गर्ने भनिएकोमा हालसम्म करिव २० करोड खर्च भइसकेको शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार अहिले सिस्टम ए अन्तरगतका कामहरु लगभग सकिसकेका छन् अव सिस्टम बी अन्तरगतका कामहरु केही सयमपछि शुरु गरिनेछ ।
साथै खानेपानीको ट्यांकी निर्माणको कामपनि सम्पन्न भइसकेको छ भने विद्युतका लागि पहल भइरहेको बताइएको छ । केवलकार निर्माणका लागि हाल ४२ जना मजदुर र ७ जना इन्जिनियर खटिरहेका निर्माण कम्पनीले जनाएको छ । केवलकार स्वीस प्रविधि अनुसार निर्माण भइरहेकाले केवलकार निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री पनि सुजरल्याण्डबाट नै ल्याइने जनाएको छ ।
निर्माणको शुरुवाती चरणमै विवादमा तानिएको कालिञ्चोक केवलकार विवादका बीच निर्माण कार्य भइरहेको हो । कानूनी प्रक्रिया अनुसार जग्गा प्राप्त नगरी केबलकार निर्माण थालेको भन्दै जिल्ला वन कार्यालयले केबलरकार निर्माण कार्य रोक्न भन्दै पटक पटक आग्रह गर्दै आएको बताएको छ । जिल्ला वन कार्यालय दोलखाका सहायक वन अधिकृत चन्द्र थापा भन्नहुुन्छ, केवलकार निर्माण भ्इरहेको जग्गा अहिलेसम्म पनि वन कार्यालयको स्वामित्वमा रहेको दावी गर्छौ, जवसम्म गुठी संस्थानले आवश्यक प्रमाण कार्यालयमा पेश गर्देन, तवसम्म केवलकार निर्माण कार्य अघि बढ्न सक्दैन र हामीले पटक पटक आवश्यक प्रमाण दिन आग्रह पनि गरिरहेका छौँ । तर गुठी संस्थानले उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको दावी गरेपछि निर्माण कम्पनीले गुठी संस्थान सम्झौता गरी कानूनी प्रक्रिया पु¥याएको भन्दै निर्माण कार्य जारी राखेको बताएको छ  । केवलकार एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।
-खवर kalinchokfm.com वाट साभार

Friday, June 17, 2016

अप्पर तमाकोशिको काम ८०% सकियो ,सुरुङ, पारी केबुलकार !

तामाकोसी वारी सुरुङ, पारी केबुलकार

दोलखा, २ असार – भूकम्पका कारण निर्धारित कार्यतालिका अनुसार निर्माणको प्रगति हुन नसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामले पुनः गति लिन थालेको छ । आयोजनाको कामलाई गतिशील बनाई चाँडो काम पूरा गर्न प्रवेशमार्ग निर्माणलाई तीव्रता दिइएको छ ।
भूकम्पले क्षतिग्रस्त प्रवेश मार्गको काब्रेभीरमा सुरुङमार्ग निर्माण सुरु गरिएको छ । विद्युत्गृह गोंगरदेखि बाँधस्थल लामाबगर गाउँसम्मको ११ किलोमिटर सडक खण्डमा पर्ने काब्रेभीरमा करिब ३ सय ६० मिटर लामो सुरुङमार्गको निर्माण थालिएको हो । अर्को करिब ३ किलोमिटर सडक खोल्ने काम सम्पन्न गरेपछि आयोजनाको जलाशय क्षेत्र हेडवर्कसम्म मोटर चालू हुनेछ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले सुरुङ निर्माणका लागि दुवैतिरबाट तयारी भइरहेको बताए । “सिनोले काम तयारी पूरा गरेको छ,” उनले भने “छिटो काम गर्न बुमर उपकरण ल्याउँदै छ, सम्भवतः एक साताभित्र काम सुरु हुन्छ ।” आयोजनाको १६ किलोमिटरभन्दा बढी सुरुङ सामान्य जनशक्तिकै बलमा निर्माण भएको हो ।
अहिलेसम्म काब्रेभीरसम्मको सडक मर्मत गर्न र सिंगटीदेखि क्षतिग्रस्त ३३ केभी प्रसारण मर्मत गर्न समय लागेको उनले बताए । डिजेल बोक्ने बाटोसमेत नभएकाले विद्युत् पावरका कारण बाँध र हेड रेस सुरुङमा जमेको पानी निकाल्नसमेत सकिएको छैन ।
सुरुङमार्ग बनेपछि लामाबगरसम्म ३३ केभी विद्युत् लाइन सुचारु हुनेछ । त्यसपछि मात्र सुरुङमा जमेको पानी फाल्ने र हेडवक्सको काम सुचारु गर्ने आयोजनाको योजना छ । हेड रेस सुरुङको ३ किलोमिटरसम्म पानी जमेको छ ।
भूकम्पले ठूलो क्षति पु¥याएको काब्रेभीरको बाहिरी सडक टिकाउ नहुने निष्कर्षपछि भूमिगत मार्ग बनाउन थालिएको आयोजनाले जनाएको छ । “बाहिरीसतह कमजोर भएकाले परिपक्व र सधैं चालू हुने गरी सुरुङमार्ग निर्माण थाल्यौं,” आयोजनाका प्रमुख कार्यकारी अधिकृत प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने । ०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले आयोजना प्रवेशमार्गको सिंगटीदेखि लामावगरसम्म ठाउँ–ठाँउका चेनेजहरू ध्वस्त पारेको थियो ।
भूकम्पले केही भासिएको भनिएको निर्माणाधीन जलाशय क्षेत्रसम्म पुग्नका लागि सडक अबरुद्ध भएको १ वर्षपछि भूमिगत बाटो अर्थात् सुरुङमार्ग बनाउन थालिएको हो । भूकम्पपछि बाटो सुधार नहुँदा लामावगर र तिब्बती सिमाक्षेत्रका बासिन्दालाई हिँडडुलमा समेत बाधा परेको छ । खोलादेखि १ किलोमिटर ठाडो भीरबाट छिचोलिएको सडक सामान्य कम्पन र वर्षात्को पानीले समेत भत्कने आयोजनाले औंल्याएको छ ।
सुरुङमार्गको अनुमानित खर्च साढे ११ करोड हुने अनुमान छ । पटक–पटक सडक अबरुद्ध हुँदा काममा ढिलासुस्तीको क्षतिपूर्ति र मर्मतमा लाग्ने खर्चको हिसाब गर्दा भूमिगत मार्ग नै उपयुक्त विकल्प निकालिएको हो ।

रोल्वालिङ डाइभर्सनका लागि रोपवे
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा रोल्वालिङ खोलाको पानी मिसाइ थप विद्युत् उत्पादन गर्ने कार्य अगाडि बढाउन रोपवे बनाइने भएको छ ।
निर्माण कार्य सकिएपछि रोपवेलाई केबल कारको रुपमा विस्तार गर्ने सोच आयोजनाको छ । अत्यन्त कठिन र जटिल भौगोलिक अवस्था भएकाले छेतछेतदेखि सिमिगाउँको तल्लो क्षेत्र हुँदै गौरीशंकर गाविसको रिखु गाउँसम्म रोपवे बनाउने परिकल्पना गरिएको हो । त्यसको लम्बाइ करिब साढे २ किलोमिटर हुने आयोजना प्रवक्ता न्यौपानेको भनाइ छ । माथिल्लो तामाकोसीको जलाशयमा ६ किलोमिटर नयाँ सुरुङबाट सुक्खा मौसममा रोल्वालिङ खोलाको पानी मिसाइ वार्षिक १७ करोड युनिट थप विद्युत् उत्पादन गर्ने बताइएको छ ।
रोल्वालिङ डाइभर्सनअन्तर्गत रोल्वालिङ खोलामा सानो इन्टेक र इन्टेकदेखि माथिल्लो तामाकोसीको जलाशयसम्म करिब ६ किलोमिटर सुरुङ निर्माण हुने गरी जर्मनीको परामर्शदाता लाह्मेर इन्टरनेसनलले डिजाइन गरिरहेको र डिजाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
रोपवेसहित रोल्वालिङ डाइभर्सनको निर्माण कार्य भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएपछि मात्र निर्माण सुरु गर्ने तयारी छ । रोपवेलाई केबलकारमा परिणत हुँदा रोल्वालिङ क्षेत्रमा जाने पर्यटकसमेत लाभान्वित हुनेछन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई जिल्लाको उत्तरी क्षेत्रको कायापलट गर्ने आयोजनाको रूपमा लिइन्छ । आयोजनाले दोलखा बजारदेखि लामाबगरसम्मको ६८ किलोमिटर कठिन भीरपाखा छिचोल्दै सडक निर्माणपछि उत्तरी क्षेत्रमा एक दर्जनभन्दा बढी अन्य जलविद्युत् आयोजना निर्माण हुँदै छन् ।
आयोजनाको हालसम्म झन्डै ८० प्रतिशत काम पूरा भएको छ । आयोजनामा विद्युत्गृहको काम र प्रसारण लाइनको काम भइरहेको छ । लट २ र ३ को उपकरण र पेनस्टक पाइपको ढुवानीको कामसमेत जारी छ । आयोजनालाई ०७४ को अन्त्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।
copy: np.karobardaily

Friday, June 10, 2016

चरिकोटमा प्रिन्सिपल नै क्रिश्चियन धर्म प्रचारमा, सात जना समातिए

दोलखा- यशुखृष्टसम्बन्धि पुस्तक बाडेर धर्मप्रचार गरेको आरोपमा दुई वटा निजी स्कुलका सञ्चालकसहित सात जनालाई प्रहरीले बिहीबार प्रक्राउ गरेको छ ।

चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही सहित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध व्यक्तिहरुलाई प्रहरीले पक्रेको हो । प्रिन्सिपलहरु विद्यालयबाट र अन्य पाच जना चरिकोटस्थित सातदोवाटो चोकबाट प्रक्राउ परेका हुन् ।

टिच नेपालबाट आएका काठमाडौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोर्खाका फिलिप तमाङ, ललितपुरका किरण दाहाल, रामेछापका भीमबहादुर तमाङ पनि पक्राउ परेका छन् । उनीहरुले माउण्टभ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमाल र यशुखृष्टसम्बन्धि महान कथा बाडेको आरोप लगाइएको छ । टिच नेपालबाट प्रचारमा प्रयोग भएको एउटा मोटर पनि प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी बेलबहादुर पाण्डेका अनुसार उनीहरुले बुधबार माउण्टभ्यालीमा र विहिवार मोर्डन नेपालमा विद्यार्थीहरुलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचनसमेत गरेका थिए । कलिला बालबालिकालाई धार्मिक रुपमा अभिप्रेरित गरेको आरोपमा प्रहरीले सबैजनालाई धर्म प्रचार तथा धर्म परिवर्तनसम्बन्धि मुद्दा चलाउन तयारी गरेको छ ।

मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइने तयारी गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए
आजको egaurishankar.com मा खबर छ ।

Wednesday, June 8, 2016

सिगटीमा ! किन तोकियो सत्यनारायण शाहको टाउकाको मुल्य १० लाख ?

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहको टाउको छिनाई ल्याउनेलाई १० लाख पुरस्कार दिने भन्दै फेसबुक स्टाटस लेख्ने दोलखा लादुक गाविस वडा नम्बर ७ का शान्त केसीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी विद्युतिय कारोबार ऐन साईबर क्राईम अनुसार कार्वाहि प्रकृया अगाडि बढाएको छ ।

लादुक गाविसमा रहेका सामुदायीक बनहरुबाट भुकम्प पीडितले काठ कटान गर्न खोज्दा गौरीशङ्कर संरक्षण क्षेत्रले अनुमति नदिएको आरोप सहित गत बैशाख १३ गते स्थानियले संरक्षण क्षेत्रको सिंगटी कार्यालयमा तोडफोड तथा आगजनि गरेका थिए । सो तोडफोड र आगजनि लगतै संरक्षण क्षेत्र प्रमुख शाहको जाहेरीको आधारमा प्रतिवादी शान्त केसी लगाएतको नाममा केहि सार्वजनिक अपराध मुद्धा दर्ता भएको थियो । सार्वजनिक अपराधमा मुद्धा दर्ता भएपछि फरार रहेका शान्त केसीले आफ्नो फेसबुट स्टाटसमा संरक्षण क्षेत्र प्रमुख शाहको टाउको छिनाई ल्याउनेलाई १० लाख पुरस्कार दिने कुरा लेखेपछि उनलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन २०६३ अनुसार दोलखा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनु भयो । ४३ बर्षिय केसीले जेष्ठ ११ गते उक्त कुरा लेखि फेसबुक स्टाटस पोष्ट गरेका थिए । सरक्षण क्षेत्र तोडफोडको आरोपमा यस अघि प्रहंरीले स्थानिय कुमार खड्का, लोकराज पाठक लगाएतलाई पक्राउ गरी तारेखमा छोडेको छ । तर शाह गौरीशंरक्षण क्षेत्रमा बिबादित ब्यक्ति हुन् । स्थानियले उनलाई तस्करीको समेत संज्ञा दिदै आरोप लगाउदै आएका छन् । शाहले अहिले दोलखा कार्यक्षेत्र भएपनि काठमान्डौमा जागीर खाएर बस्न बिभिन्न प्रपञ्च रचिरहेको उनलाई आरोप पनि छ । लादुक गाबिसमा रहेका कार्यालय शाह उनलेनै तोडफोड गर्न लगाएर सिङटीमा कार्यालय सारेको समेत उनलाई आरोप लगाउछन् । नाम नभन्ने सर्तमा एक स्थानियले भन्छन्, शाहको गतिबिधि नै संरक्षण होईन ध्वस्त गर्ने तर्फ लक्षित छ ।
 आजको सेतो गुराँसमा खवर छ 

Monday, May 30, 2016

यस कारण अमेरिकन सेना दोलखा आउँदै छन्

चरिकोट- भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सेनाको एक टोली दोलखा आउने भएको छ ।
नेपाली सेनाको रणभीम गण चरिकोटका अनुसार सुन्द्रावती गाविसमा मुकाम बनाउने गरि ३९ जना अमेरिकी सेना सोमबार नै दोलखा आउँदैछन् । तीमध्ये सोमबार १३ जनामात्रै आउनेछन् । बाँकी भने दुई चरणमा आउनेछन् । टोलीको नेतृत्व अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्णेलले गर्नेछन् ।
रणभीम गण स्रोतका अनुसार अमेरिकी सेनाको टोलीले भूकम्पबाट क्षति भएको विद्यालय भगवको भग्नावशेष हटाउनेछन् । ‘उनीहरुले मनोवैज्ञानिक परामर्शदेखि विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाउने तयारी छ।,’ सैनिक स्रोतले भन्यो, ‘स्वयंसेवी भएर अमेरिकी सैनिक टोली आउन लागेको हो ।’
अमेरिकी सेनाको टोली सोमबार सुन्द्रावती गाविसको कालिका उच्च माविमा बस्ने छन् ।
-आजको egaurishankar.com मा खवर छ

Friday, May 27, 2016

दोलखामा भूकम्पपीडितलाई सघाउन गाउँ पस्दै इन्जिनियरहरु

तारादेवी बस्नेत
दोलखा, जेठ १३ – भूकम्पपीडितका आवास निर्माणको लागि सहयोग गर्न खटिएका इन्जिनियरहरु २०७२ बैशाख २८ गतेदेखि गाउँमा छन् ।
दोलखाका २ नगरपालिका र ४८ गाविसमा १ सय १ जना इन्जिनियर खटाउने नेपाल सरकारको निर्देशन छ । हालसम्म ५२ जना मात्रै इन्जिनियर दोलखामा आएका छन् ।
दोलखाबाट पुनर्निमार्णको काम सुरु गरेको नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोलखामा ४७ जना ओभरसियर र ४८ जना सवओभरसियर खटाउने तयारी गरिरहेको छ
दोलखाका गाउँहरुमा खटिएका इन्जिनियरहरुको कार्यक्षेत्र

-आजको egaurishankar.com मा खवर छ । 

Saturday, May 14, 2016

दोलखामा बालिका बलात्कार गर्ने पक्राउ परेका छन ।

उषा तामाङ
बैशाख ३१÷चरिकोट
१५ वर्षिया बालीकालाई जबरजस्तीकरणी गरेको आरोपमा दोलखाको सुष्पाक्षमावति गाविसका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । कार्यालयले दोलखाको सुष्पाक्षमावति गाविस वडा नम्बर २ बस्ने तिलक भनिने ३९ वर्षिया तिलोतम थामीलाई पक्राउ गरीएको हो । उनले १५ वर्षिया बालीकालाई गत मंसीर महिना देखी पटक पटक जबरजस्ती करणी गर्दै आएको खुल्न आएकाले उनलाई पक्राउ गरीएको हो । उनिमाथी जिल्ला अदालतबाट आज १० दिनको म्याद लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले जानकारी दिनुभयो । बलात्कृत बालीका गर्भवति भएकी छन् । उनि गर्भवति भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई तत्काल  आवश्यक संरक्षणका लागी एक सामाजिक संस्थामा पठाइएको प्रहरीले जनाएको छ
-kalinchokfm को पेजवाट साभार 

Thursday, May 12, 2016

दोलखाका भूकम्पपीडित अवस्था: एक वर्षमा पनि उस्तै

सुवास योञ्जन
२०७३ बैशाख ३०
जफे (दोलखा): एक वर्षअघि भूकम्पमा परिवारका चारजना सदस्य गुमाएर घरबारविहीन भएकी ६४ वर्षीया नरमाया महतको अवस्था अहिले पनि दयनीय छ । नरमाया भूकम्पको कहालीलाग्दो पीडा बिर्सने प्रयासमा परिवार गुमाएको थातथलो छोडेर खेतको गरामा बाँसका भाटाले बारेको टहरामा बसेर गुजारा चलाइरहेकी छन् ।
गत वर्ष वैशाख १२ गतेको भूकम्पमा नरमायाका पति ६८ वर्षीय अम्बरबहादुर महतसहित ३० वर्षीय छोरा उत्तम, २५ वर्षीया बुहारी दिव्या र १३ महिनाकी नातिनी दीक्षाको ज्यान गएको थियो । भूकम्पमा परी नरमायाको पनि ढाड भाँच्चिएको थियो । उनी अझै अशक्त छिन् । बाँचेका परिवारका सदस्यमा २५ वर्षीया छोरी सुनिताले बाँकी रहेका दुई नाति र नातिनीको पालनपोषण गर्दै आएकी छिन् ।
सुनिता गाउँकै एक विद्यालयमा मासिक तीन हजार तलबमा निजी स्रोतकी शिक्षिका हुन् । उनको त्यही तीन हजारले चारजनाको परिवार पालिनुपर्ने बाध्यता छ । घरमा खेतीपाती गर्नसक्ने कोही नभएपछि उनीहरू अभावग्रस्त र कष्टकर जीवन गुजारिरहेका छन् । सुनतिाले भनिन्, ‘मेरो कमाइले दुई बच्चालाई पालनपोषणदेखि आमाको स्याहारसुसार गर्न कसरी पुगोस् ? आखिर जे परिआए पनि बेहोर्नै पर्दोरहेछ जसोतसो ।'

वृद्धा नरमायाले ६ वर्षका दीपेश र तीन वर्षकी दीपिकालाई राम्रो विद्यालय पढाउने इच्छा हुँदाहुँदै पनि खर्च नभएकाले पढाउन नसेको दुःखेसो पोखिन् । उनले बाँसको टहरामा हावाहुरी चल्दा र पानी पर्दा परिवारलाई राख्न निकै समस्या हुने गरेको बताइन् । भूकम्पपीडितका नाममा गाउँमा धेरै संघसंस्था आए पनि आफूहरूको अवस्था उस्तै रहेको उनको गुनासो छ ।

नरमायाले धेरै संस्था जिल्लामा आएको सुने पनि आफूहरूले भने केही सहयोग नपाएको बताइन् । सामान्य सहयोग पाए पनि घर बनाउन कसैले सहयोग नगरेको उनको गुनासो छ । ‘घर बनाउने इच्छा त छ नि, पैसा छैन', सुनिताले भनिन् । उनले आफूहरूको जीवन निकै कष्टकर भएकाले घर बनाइदिन र परिवारलाई सहयोग गरिदिन सबैलाई अनुरोध गरेकी छन् ।

नरमायाको परिवार भूकम्पको पीडा बेहोर्ने एउटा नमुना परिवार हो । केही धेरै, केही थोरैमात्र हो, बारीको पाटामा टहरो बनाएर राहतको पर्खाइमा बस्ने यहाँका सबैजसो भूकम्पपीडितको अवस्था उस्तै छ । गत वर्ष वैशाख १२ को भूकम्पले तहसनहस भएको दोलखा वैशाख २९ गतेको भूकम्पको केन्द्रबिन्दु थियो । त्यसपछि दोलखाका बस्ती थप ध्वस्त भएका थिए ।
भूकम्पलगत्तै आएका आईएनजीओ र एनजीओले भूकम्पपीडितका नाममा अर्बौं खर्च गरेको हिसाब देखाएका छन्् तर पीडितको अवस्थामा केही सुधार आएको छैन । नरमायाको परिवारले किरिया खर्चबाहेक सरकारी राहत २७ हजार रुपैयाँ पाएको छ । दोलखामा भूकम्पबाट मृत्यु भएका एक सय ७७ जनामध्ये जफे गाविसका १३ जना छन् । त्यसमा महत परिवारका मात्र चारजनाको ज्यान गएको थियो । दोलखामा मात्र भूकम्पका कारण ८० हजार सात सय ११ परिवारका घर भत्केका छन् ।
आईएनजीओ र एनजीओको आठ अर्ब खर्च
जिल्ला विकास समिति दोलखाका अनुसार सरकारी निकाय, आईएनजीओ र एनजीओले सात अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । सरकारी कार्यालय, यूएन एजेन्सी, एनजीओ र आईएनजीओले पाँच अर्ब ५८ करोड खर्च गरेका छन् भने भूकम्पसम्बन्धी सचेतना कार्यक्रम, स्वास्थ्य, खानेपानी विद्यालयलगायतको पुनर्निर्माणका लागि दुई अर्ब २३ करोड रुपैयाँ प्रस्ताव गरेर खर्च गरिरहेको जिविसले जनाएको छ ।
जिल्लामा हाल काम गरिरहेका ११ आईएनजीओले एक वर्षमा एक अर्ब ८६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । त्यसमध्ये प्लान इन्टरनेसनलले ८४ करोड ६१ लाख रुपैयाँ ३१ गाविसमा खर्च गरेको छ । उद्धार, राहत, अस्थायी आवास निर्माण, जनचेतना कार्यक्रमलगायतमा खर्चेको प्लानको एक वर्षको प्रशासनिक खर्च १८ करोड ७० लाख रुपैयाँ छ ।
भूकम्पलगत्तै दोलखामा आठवटा संयुक्त राष्ट्रसंघअन्तर्गतका संस्था आएका थिए । तीमध्ये विश्व खाद्य कार्यक्रम फर्किसकेको छ । सातवटा यूएन एजेन्सीले वर्ष दिनमा ४९ करोड ७२ लाख रुपैयाँ खर्च गरेका छन् । सबैभन्दा बढी खर्च यूएनडीपीको १८ करोड ७० लाख र आईओएमको १८ करोड ३८ लाख रुपैयाँ देखिएको छ । डब्लूएफपीले गरेको खर्च स्थानीय साझेदार संस्थामार्फत देखाइएको छ ।

सेभ द चिल्ड्रेनले ३७ करोड ८२ लाख, एक्टेडले १८ करोड, मर्सी कप्र्सले १७ करोड, एक्सन एडले नौ करोड, कारितास नेपालले ६ करोड २० लाख, वल्र्ड भिजनले चार करोड ७३ लाख, एलडब्लूएफले ३ करोड ५८ लाख, एनएचएसएसपीले दुई करोड २१ लाख, हेल्भेटासले एक करोड ४३ लाख र हेन्डिक्याप इन्टरनेसनलले ७३ लाख रुपैयाँ खर्च गरेको छ ।
जिल्लामा भूकम्पपछि काम गर्न जिविसमा सम्झौता गर्न आएका ४३ वटामध्ये ३७ संस्थाले मात्र खर्च विवरण कार्यालयलाई बुझाएका छन् । ३७ संस्थाले एक अर्ब एक करोड ९५ लाख रुपैयाँ भूकम्पपछि खर्च गरिसकेका छन् ।
सबैभन्दा बढी रेडक्रसको जिल्ला शाखाले ३३ करोड ४१ लाख र आरआरएनले १८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ ।
-annapurnapost वाट साभार 

Wednesday, May 11, 2016

दोलखामा बाल बिबाह गर्ने पक्राउ परेका छन

उषा तामाङ
बैशाख २९÷चरिकोट
बाल बिवाह गरेको आरोपमा दोलखाको जफे गाविस वडा नम्बर ८ का २२ वर्षिया रमेश मिजारलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । मिजारले उमेर नपुगेकी एक बालिकालाई फकाई भागी बिवाह गरे पछि उनलाई पक्राउ गरीएको हो । बालीकाको अभिभावकको उजुरीका आधारमा उनलाई हिजो जफेबाटै पक्राउ गरी आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको दोलखाका प्रहरी निरीक्षक बिनोद कुमार सुनुवारले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनले बालीका सँग चैत १५ गते भगाई विवाह गरेका थिए ।
- /kalinchokfm.को पेजवाट साभार 

दोलखा मैं बन्छ फ़िल्म सीटी सञ्चारमन्त्री राई

May /10/ 2016
शम्भु गौतम /
दोलखा, वैशाख २८ । केही समयदेखि विवाद र अन्योलमा रहेको फिल्म सिटी निर्माणको बारेमा स्पष्ट पार्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दोलखामै बन्ने बताएर स्थानीयवासीलाई आस्वस्त बनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ दोलखाको अधिवेशनलाई सम्बोधन गर्न दोलखा आएका मन्त्री राईले फिल्म सिटी निर्माणस्थल नजिकैको खरिढुङ्गाका जनतासँग फिल्म सिटी दोलखामै बन्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखामा फिल्म सिटी बन्न सक्दैन भन्ने अभिव्यक्ति दिएपछि अन्योल र विवाद सिर्जना भएको थियो । तर अहिले फिल्म सिटी दोलखामै बन्नेबारेको तिनै प्रधानमन्त्रीको सन्देश लिएर आएको मन्त्री राईले बताए । फिल्म सिटी दोलखामा नबन्ने प्रधानमन्त्री अभिव्यक्तिपछि दोलखावासीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई गृहजिल्लामै कालो झण्डासमेत देखाएका थिए ।
फिल्म सिटीबारे के भैरहेको छ भन्ने जिज्ञासा लिएर बसेका खरिढुंगाका जनतासँग मन्त्री राईले दोलखामै फिल्म सिटी निर्माणको कामलाई अगाडि बढाउने निर्देश प्रधानमन्त्रीबाट पाएको बताए । ‘त्यसपछि मैले सम्बन्धित निकाय,लाई आवश्यक निर्देशन गरेर त्यही सन्देश बोकेर दोलखा आएको छु ।’ उनले अगाडि भने, ‘अर्थतन्त्र निर्माणको, मुलुक निर्माणको र समग्र विकासको लक्ष्यसँग फिल्म सिटी निर्माणलाई जोडेर लैजान चाहन्छौँ । तपाईँहरु ढुक्क हुनुहोस्, अब काम अगाडि बढ्छ ।’ तर उनले कहिलेदेखि काम सुरु हुने र कहिलेसम्म सम्पन्न हुने भन्नेबारे भने केही बताएनन् ।
दोलखाको लाकुरीडाँडा गाविसस्थित डाङडुङे डाँडामा फिल्म सिटी निर्माणको प्रक्रिया अगाडि बढेको छ । दादार र सेतीदेवी सामुदायिक वन अन्तर्गत पर्ने १५ सय रोपनी जग्गा प्राप्तिको प्रक्रिया समेत अगाडि बढेको छ । वातावरणीय प्रभाव मूल्यांकन समेत भैसकेको छ भने राष्ट्रिय योजना आयोगबाट फिल्म सिटीलाई राष्ट्रिय प्राथमिकतामा पनि राखेको छ ।
दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माणका लागि अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फिल्म सिटी निर्माणको प्रक्रिया असाध्यै ढिला भएको र पटकपटक विवादमा परेकोप्रति चिन्ता व्यक्त गरे । उनले फिल्म सिटी निर्माणको लागि छुट्टै स्वायत्त कम्पनी बनाएर अघि बढेमा मात्रै सम्भव हुने बताए
सरल पत्रिका वाट साभार 

Sunday, May 8, 2016

दोलखाका प्रमुख जिल्ला अधिकारी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी ।

सर्मिला बुढाथोकी
प्रजिना बुढाथोकी
बैशाख २६ दोलखा । न्याय माग्न जिल्ला प्रशासन कार्यालय जाँदा उल्टै सार्वजनिक मुद्दा सहित थुनामा बस्नु परेको भन्दै दोलखा शैलुङ्गेश्वर गाविसकी एक महिलाले प्रमुख जिल्ला अधिकारीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।
गैरकानुनी ढङ्गले थुनामा राखेर आफूलाई अन्याय गरेको भन्दै दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीले प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।
श्रीमान विवाह दर्ता गर्न नमानेको र नागरिकता नबनाई दिएकाले आफूले उनीबाट पाउनुपर्ने अधिकारका लागि सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय दोलखामा न्याय माग्न गएकी दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले वैशाख ९ गते सार्वजनिक अपराध अन्र्तगत प्रहरी हिरासतमा राखेका थिए ।
चैतको पहिलो साताबाट न्यायको लागि पटक पटक जिल्ला प्रशासन कार्यालय दोलखा पुगेकी बुढाथोकीलाई प्रजिअ शाहीले गालीबेईज्जती गरेको आरोपमा सार्वजनिक मुद्दा दर्ता गरी पाँच दिन हिरासतमा राखेका हुन् । बुढाथोकीलाई गालीबेईज्जती गरेको आरोपसहित हिरासतमा राखेका प्रमुख जिल्ला अधिकारीले उल्टै पीडितलाई माफी मगाएर पाँच सय रुपैयाँ जरिवाना तिराई रिहा गरेका थिए ।
रिहा भए लगत्तै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी प्रजिनाले आफू न्याय माग्न जाँदा उल्टै थुनिनु परेकोले राज्यले समेत आफूलाई अन्याय गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा गएको बताइन् ।
न्याय दिने निकायले पीडितलाई झन बढी पीडा दिएकोले राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको निष्पक्ष छानविन गरी आफूलाई न्याय दिने अपेक्षा गरेको प्रजिनाको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने आफ्नो कार्यक्षत्रमा नपर्ने विषयमा पटक पटक दवाव दिएको र प्रकृया नपुगी नागरिकता दिन नसकिने भन्दा गालीबेईज्जती गर्दै धम्की दिएकाले मुद्दा चलाइ हिरासतमा राखेको दाबी गरेका छन् । महिला खवर अनलाईनवाट

Saturday, May 7, 2016

दोलखामा ३० हजार भूकम्पपीडित दुई लाखबाट वञ्चित

सुवास योञ्जन
तस्वीर :इस्वर खडका लादुक
| २०७३ बैशाख २५ शनिबार
अनुदान रकमको पर्खाइमा घर नबनाई राखिएको भग्नाभषेश। तस्बिर:सुवास योञ्जन
चरीकोट: स्थायी आवास निर्माणका लागि सरकारले दिन लागेको दुई लाख अनुदान रकम जिल्लाका ३० हजार ९ सय ४७ जनाले नपाउने भएका छन्। राष्ट्रिय तथ्यांक विभागले निकालेको तथ्यांकलाई आधार मान्दा जिल्लामा हाल परिचयपत्र लिएकामध्ये ४९ हजार ७ सय ६४ जनाले मात्र घर बनाउन अनुदान पाउने भएका छन्।
तथ्यांक विभागले झ्याकु, लामाबगर र गौरीशंकर गाविसका डाटा भने लिन बाँकी रहेको जनाएको छ। जिल्ला विकास समिति दोलखाले दिएको तथ्यांकमा ८० हजार ७ सय ११ जनाले भूकम्पपीडित परिचयपत्र पाएका छन्। करिब त्यत्तिकै हाराहारीमा पहिलो, दोस्रो र तेस्रो चरणको राहत रकमसमेत पाइसकेका छन्। यो संख्या राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार झण्डै दोब्बर घरधुरी संख्या हो।
जनगणनामा ४५ हजार ६ सय ५८ घरधुरी थियो। यस्तै जिविस दोलखाले लिएको घरपरिवार तथ्यांक सर्वेक्षणमा ५७ हजार ९ सय ६६ छ। भूकम्पलगत्तै खटिएका प्राविधिक टोलिले क्षति भएका घरधुरी संख्या भन्दै ६२ हजार ९ सय ५१ परिवार संख्या भनेर सार्वजनिक गरेको थियो। सरकारी निकायको तथ्यांक नै सर्वेक्षणै पिच्छे फरक फरक देखिएको छ।
वास्तविक भूकम्पपीडित भनेर सरकारले नै प्रमाणित गरेर परिचयपत्र वितरण गरिसकेको अवस्थामा तथ्यांक विभागले नियत राखेर नै पीडितलाई वञ्चित गरेको भन्दै दैनिक रूपमा विरोध हुन थालेको छ। यस विषयमा जिल्लाका राजनीतिक दलनै तथ्यांक विभागसँग भएको निर्णय कार्यान्वयनमा चुकेको स्थानीय बुद्धिजीवीको भनाइ छ।
दोलखा उद्योग वाणिज्य सघंका अध्यक्ष सुन्दर कार्कीले तथ्यांक विभाग गाउँ जानुभन्दाअघि चरीकोटमा भएको सहमति अनुसार परिचयपत्र भएका सबैलाई तथ्यांकमा समावेश गर्ने सहमति भएको बताए। जिल्लाका राजनीतिक दललाई समेत तथ्यांक विभागले झुक्याएको कार्कीले बताए।
सत्तारुढ दल एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले परिचयपत्र पाएका कुनै पनि पीडित छुट्न नुहने बताए। तथ्यांक विभागले सार्वजनिक गरेको पीडितको तथ्यांक फरक भएका कारण जुनसुकै हालतमा पनि घर बनाउन अनुदान दिनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा निर्णय गरी पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाइसकेको पोखरेलले बताए।
कांग्रेस दोलखाका सभापति रुद्रबहादर खड्काले जस्तोसुकै मूल्य चुकाएर भए पनि परिचयपत्र पाएका पीडितलाई रकम दिलाउन आफू र आफ्नो पार्टी लागिरहने बताए। सभापति खड्काले पीडित भनेर सकारले एकातिर परिचयपत्र बाँढ्ने र अर्कोतिर रकम नपाउने भनेर तथ्यांक राख्नु भनेको सरकारको षडयन्त्र भएको बताए।
उनले पीडितलाई वितरण गर्न लागेको दुई लाख रुपैयाँ एकमुष्ट गाउँमै लगेर दिनु पर्नेसमेत बताए। बैंकमा खाता खोल्नेदेखि विभिन्न प्रक्रिया पूरा गर्दा स्थानीयलाई समस्या भएको उनको भनाइ थियो।
एमाओवादीका नेता विशाल खड्काले तथ्यांक विभागले नियतबस पीडितलाई छुट्याएको आरोप लगाए। तथ्यांक विभागले विभिन्न आईएनजीओ र एनजीओको प्रभावमा परेर पीडितलाई घर बनाउनबाट वञ्चित गरेको बताए। खड्काले प्रधानमन्त्रीसहित प्रधानमन्त्रीको पार्टी एनजीओमूखी भएकै कारण भूकम्पपीडितले दुःख पाएको बताए।
annapurnapost. मा खवर छ 

Thursday, May 5, 2016

सरकार कसरी जोगाउने बच्चालाई ?

 २०७३ वैशाख २२ गते
-डिबी खड्का/स्थलगत
शान्ति थामी
दोलखा (सुस्पा क्षमावती)–  पोहोरसाल वैशाख २७ गते शान्ति थामी (२८) सुत्केरी भएकी थिइन् । संयोग मान्नुपर्छ– यसपालि डाक्टरले वैशाख २२ अर्थात् आजकै दिन सुत्केरी हुने  डेट तोकिदिएका छन् । भूकम्पले घर भत्काइदिएपछि गोठमा ओत लागेको शान्तिको परिवारले पोहोर जन्मिएकी छोरी जोगाउन सकेन । यसपल्ट पनि सरकारले घर बनाइदिने योजना मात्रै सुनायो, बनाइदिएन । टहरो बनाएर उनीहरु आफू त जसोतसो बसेकै छन्  तर जन्मिन लागेको सन्तानलाई कसरी बचाउने भन्ने पीरले शान्तिको परिवारलाई सताएको छ  ।

गत वैशाख १२ को भूकम्प जाँदा डाक्टरले तोकेको उनको सन्तान जन्माउने दिन आउन १५ दिन मात्रै बाँकी थियो ।

सुत्केरी हुने दिन जति नजिकिँदै गएकाले उनमा खुशी बढ्दै थियो । दोस्रो सन्तान भएकोले उनलाई सुत्केरी हुने पीडा खासै चिन्ता थिएन । ‘पहिला पनि त्यो पीडा भोग्कै छु’ भन्ने लागेको रहेछ उनलाई । घाममा बसेर मनमा अनेक कुरा खेलाइरहेकी थिइन् । भूकम्प आयो । पहिलो धक्कै थेगेन वर्षैंदेखि उनका ४ जना परिवारलाई चिसोतातोबाट जोगाउँदै आएको घरले । घरबाट केही सामान निकाल्न पाएनन् । घर भित्रको सामान निकाल्ने भन्दा पनि आफू र पेटको बच्चा कसरी जोगाउने उनलाई चिन्ता भयो ।  घर भत्किदाको धुलोले पूरै गाउँ कुहिरीमण्डल भयो । भूकम्प आएपछि सुरक्षित स्थानको खोजी गर्न उनी जति उनी दौडन्थिन् । पेटको बच्चा पनि त्यतिनै जोडले चल्थ्यो ।

घर भत्किएपछि  नजिकैको गोठमा बसिन् । न ओड्ने थियो, न ओछ्याउँने । भत्किएको घरले च्यापिएको भाडा निकालेर खाना पकाए । सोत्तरको ओछ्यानमा रातहरु कटे ।  नियमित आउने पराकम्पनले तर्साइरहन्थ्यो । १३ गतेको अर्को शक्तिशाली भूकम्पले थप त्रसित बनायो ।
भूकम्पपछि पनि नियमित स्वास्थ्य चेकजाँच गराउन स्वास्थ्य संस्थामा गइन । बच्चाको अवस्था ठिकै रहेको र सुत्केरी हुने दिन नजिकै आएको स्वास्थ्यकर्मीले बताएपछि उनी खुसी हुन्थिन् । स्वास्थ्यकर्मीले दिएको अन्तिम दिन २७ गते सुत्केरी बेथै लागेन । उनको मनमा डर लाग्यो । ‘वैशाख २८ गते चेक गर्न गएँ, ठिकै छ भनेपछि फर्के,’ शान्तिले भनिन्, ‘बेलुकी पख बेथा लाग्यो । स्वास्थ्य केन्द्र जाने भन्दा भन्दै घरमै छोरी जन्मियो ।’ गाउँकै महिला स्वम्सेविका प्रतिमा थामीले बच्चाको सालनाल काटिदिइन्  । छोरी भइन् । शान्तिको मनकै मागेकै पुग्यो । किनभने छोरा छँदै थियो । सुत्केरी भएपनि बस्ने ठाउँ त उही गोठ थियो । उनको श्रीमान् कालुमान थामीले जसोतसो एउटा ओढ्ने लुगाको जोहो गरेका थिए ।
वैशाख २९ मा शान्तिकै छिमेकी गाबिस सुनखानी केन्द्रबिन्दु भएर ठूलो भूकम्प गयो । ‘सुत्केरी भएको २४ घण्टा पनि भएको थिएन,’ उनले भनिन्, ‘सबैजना भागे । उनीहरु सुत्ने गोठमा दुई वटा गाई र तीन वटा बाख्रा पनि बाँधिएका थिए ।  गाई र बाख्रा पनि दाम्लो छिनाएर उीम्कए । तर, शान्ति गोठबाट बाहिर निस्कन पनि सकिनन् । ‘बच्चा च्यापेर बसें,’ उनले भनिन् ।
भूकम्प पछि हावाहुरी चल्ने र मुसलधारे पानी पुग्थ्र्यो । कतिपटक ओत लाग्ने गोठको छानो पनि उडायो । ‘श्रीमान् गोठको छाना अठ्याएर बस्नुभयो,’ उनले सम्झिइन्, ‘म त रोएर बस्थें ।’ चिसोले होला चार दिनपछि बच्चा बिरामी पर्न थाल्यो । सुत्केरीको ओछ्यान सोत्तर सोरसार बनाएर थिए । ‘बच्चालाई ज्वरो आउने, खटिरा निस्केपछि दोलखाको गौरीशंकर अस्पतालमा उपचार गर्न लगें,’ शान्तिले भनिन्, ‘उपचार गरेपनि बचाउन सकिएन ।’

बच्चालाई के रोग लाग्यो उनले पत्तो पाइनन् । उनलाई लाग्छ, ‘गोठको बसाइँ छोरीको कलिलो ज्यानले सहेन ।’

घर भत्किएकोमा उनलाई त्यति चिन्ता छैन । तर, पाँच दिनको छोरीलाई बचाउन नसकेकोमा सम्झेर एक्लै भक्कानिर रुन्छिन् कहिलेकाहिँ ।

सुत्केरीको घाउ निको हुन नपाई छोरी गुमाउँदाको पीडा उनी अझै सम्झिन्छन् । ‘बच्चाको रोएको र दुध चुसेको अझै झलmभली याद आउँछ,’ उनी भन्छिन्, ‘घर पनि भत्कियो, चिसोले छोरी पनि गुमाएँ ।’ छोरी गुमेपछि शान्ति र कालुमानलाई बारम्बार आइरहने भूकम्पको धक्काको पनि महसुस हुनै छाड्यो । किनभने उनीहरुका लागि छोरी गुमाउनुको धक्का त्यो भन्दा ठूलो भयो । ‘जे लिनु लगिसक्यो भूकम्पले भन्ने ठान्यौं,’ शान्तिले भनिन् ।

सुत्केरी भएपछि उनको ज्यानले कहाँ सुख पायो र   । टहरो बनाउन श्रीमानेलाई सघाइन् । एक महिनासम्म रक्तश्राव रोकिएन ।  ‘छोरी त गुमाएँ, गुमाएँे, आफू पनि मरिने होकी भन्ने चिन्ता भयो,’ उनले भनिन् ,‘धामी झाक्रीलाई फुक्न लगाए । स्वास्थ्य संस्थामा पनि गएँ । एक महिनापछि रगत थामियो ।’

सबै पीडा भुलेर घर व्यवहारमा जुटिन् । असार साउनको खेतीमा मेलापात गरिन् । आफनो पनि खेती लगाइन् । असारसम्म रक्तश्राव भयो । साउनसम्म महिनावारी भएकै थिएन । महिनावारी नभएपछि गर्भ रहला भन्ने उनीहरुले सोचेनन् । ‘महिनावारी नभएपछि असोजतिर चेक गर्न जाँदा गर्भ पो भन्यो,’ उनले भनिन् । स्वास्थ्य संस्थामा नियमित जाँच गराइरहेकी छिन् । स्वास्थ्य खबरको टोलीले बैशाख १८ उनकै घरमा भेट्दा आराम गरिरहेकी थिइन् । स्वास्थ्यकर्मीले आजकै दिन (वैशाख २२) सुत्केरी हुने दिन तोकेको छ । ‘अहिलेसम्म त भएको छैन,’ बुधबार अपरान्हत महिला स्वमसेविका प्रतिमा थामीले टेलिफोनमा भनिन् ।
शान्तिलाई उही पीर छ– यसपल्ट पनि कसरी जोगाउने सन्तानलाई ?
swasthyakhabar.com वाट

Monday, May 2, 2016

जिरीको चिया स्विजरल्यान्ड, जर्मनी, अमेरिकी बजारमा

_भक्त केसी
जिरी, १५ वैशाख – जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ ।
दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको पाँच वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा एक हजार २०० किलोग्राम चिया निर्यात हुँदा विदेशी मुद्रा जिरी भित्रने गरेको हो । जिरी टी डेभलपमेन्ट कम्पनीले उत्पादन गरेको चिया हाल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको कम्पनीका सेयर सदस्य मिठाबहादुर जिरेलले बताए ।
जिरेलका अनुसार हाल स्विजरल्यान्ड, जर्मन, अमेरिका, स्पेन लगायतका देशमा जिरीको चिया निर्यात हुने गरेको छ । मासिक रुपमा हाल ४०० किलो चिया विदेशी बजारतर्पm पठाउँदा वार्षिक १४ लाख ४० हजार रुपैयाँ विदेशी मुद्रा जिरीमा भित्रने गर्दछ । कम्पनीले चिया सिधै विदेशी बजारमा नपु¥याई एजेन्टमार्पmत विदेशी बजारमा चियालाई निर्यात गदै आएको छ । जिरीमा भित्रिने गरेको मूल्य विदेशी बजारको मूल्य नभई कम्पनीको मूल्यअनुसार प्रतिकेजी एक हजार २०० रुपैयाँको दरले हुन आउने रकम हो ।
एजेन्टले कम्पनीको मूल्यभन्दा केही बढीमा विदेशी बजारमा पठाउने हुनाले अझ बढी नै विदेशी मुद्रा जिरी भित्रिने गर्दछ । तर चियालाई विदेशी बजारसम्म लैजाने एजेन्टमार्पmत कति भित्रन्छ भन्ने यकिन भने छैन । जिरेलका अनुसार वार्षिक एक हजार ६०० किलो चिया जिरीमा उत्पादन हुने गर्दछ जसअन्तर्गत एक हजार दुई किलो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ भने बाँकी जिरी र राजधानी लगायतका बजारमा प्रयोग गरिन्छ ।
जिरी नगरपालिका–७, कलङको ६०० रोपनी क्षेत्रफल र जिरी नपा–४ रातमाटेमा १५० रोपनी क्षेत्रफलमा लगाइएको चिया खेती शुद्ध अर्गानिक भएको कारण विदेशी बजारमा लोकप्रिय बन्दै गएको हो । जिरीमा नै उत्पादन गरिएको जिरी टीमा कुनै पनि रासायनिक पदार्थ मिसावट नहुने कारण जिरीको चिया अत्यन्त मीठो र शरीरका लागि लाभदायक हुने कम्पनीका अर्का सेयर सदस्य नुर्वु शेर्पाको दाबी छ ।
शेर्पाका अनुसार जिरी टीको माग बढेपनि मागअनुसार चिया उत्पादन गर्न सकिएको छैन । ‘माग धान्न कठिन छ, माग भएजति उत्पादन गर्न सकिएको छैन । जिरीको चियाको बजार अत्यन्त राम्रो छ’, शेर्पाले बताए ।
जिरीमा अन्य कुनै पनि सङ्घसंस्था वा व्यक्तिले उत्पादन गरेको चिया कम्पनीको मापदण्डअनुसार भए कम्पनीले खरिद गर्र्न सक्ने शेर्पाले बताएका छन् । चिया खेतीलाई कृषकले व्यावसायिक रुपमा गर्न सके यसको बजार राम्रो रहेकाले कुनै घाटा नहुने शेर्पाको धारणा छ । तर चिया खेती गर्दा विशुद्ध अर्गानिक हुनु जरुरी रहेको उनको भनाइ छ ।
हाल कम्पनीले चारजना स्थानीयवासीलाई रोजगार दिएको छ भने चियाको याममा करारमा स्थानीयवासीलाई कामदारका रुपमा प्रयोग गर्ने गरेको छ । जिरीको चिया जिरी बजारमा रहेका ठूला होटलले बढी प्रयोग गर्ने गरेका छन् भने राजधानीमा पनि यसको माग बढ्दै गएको छ ।
- lkathmandutoday  मा खवर छ 

Wednesday, April 27, 2016

दोलखामा खडेरी, १३ गाविस खाद्य संकटमा

रश्मी उप्रेती न्यौपाने
चरिकोट
मकै गोड्ने र धानको विउ राख्ने वेलामा समेत पानी नपरेपछि दोलखाका किसान चिन्तामा छन् । अव एकसाता पनि पानी परेन भने के गर्ने काब्रेका किसान प्रमोद दहालले भने । उनले अहिलेसम्म मकै छरेका छैनन् भने धानको विउ कसरी राख्ने भने चिन्तामा छन् । पानी नपरे वैकल्पिक खेती के छ भनेर बुझ्न उनी कृषि कार्यालय आएको बताउँछन् । दोलखामा सवैभन्दा बढि मकै खेती हुँदै आएको छ । दोलखाको ५ हजार ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ । तर आधा भागमा मात्र मकै छरिसकिएको कृषि विकास कार्यालयका प्रमुख बौवालाल चौधरीले बताए । उनले भने – “पानी नपरेका कारण टुसाएको मकैपनि मर्न थालेको छ । धानको विउ राख्ने वेलामा पानी परेको छैन, किसान चिन्तामा छन् । हामीले पनि मौषमका दिन कुनै कुरामा ग्यारेन्टी सक्दैनौ ।” वैकल्पिक खेती गर्न सुझाउदै पठाउने गरे वताउछन् उनी ।

वर्षेनी धान खेती घट्दै
दोलखामा ३२ सय हेक्टंमा धान खेती हुने गरेको छ । चौधरीका अनुसार पछिल्लो तथ्याङ्क हेर्ने हो भने विगत ३ वर्षमा २५ सय हेक्टरमा मात्र धान खेती हुने गरेको छ ।

किन घट्यो धान खेती
भूकम्प गएको एक वर्षअघिसम्म ३ हजार हेक्टरमा धान खेती गरेपनि भूकम्पपछि घटेर २५ सय हेक्टरमा झरेको छ । भूकम्पका वेला किसानहरु आफ्नो वास स्थान खोज्न र राहतमै केन्द्रित हुँदा धेरै रोपाई हुन सकेन, जसका कारण पनि धानखेती जिल्लामा घट्दै गएकोछ । अर्कोतर्फ भूकम्पपछि पानीका मुहान सुक्दै गएको छ भने किसानले विऊ राख्न पाएनन् । व्याडमा राखेको विऊ पनि खेर गएको चौधरी बताउँछन् । यस्तै गाउँका यूवा विदेश गएकाले गाउँमा खेती गर्ने किसान दिनप्रतिदिन घट्दै गएको छन् । खडेरी यस्तै अवस्थामा रहे यो वर्ष झन् धानखेती घट्ने छ ।

उत्तरका १३ गाविस खाद्य संकटमा
भूकम्पले विऊलाई जोहो गरेर राखेका उत्तरका आलम्पू ,विगु, चिलंखा, खोपाचागु, कालिञ्चोक लगायत १३ गाविसका किसानको विऊ पुरिएपछि गएको वर्ष त्यस क्षेत्रमा मकै कोदो र धान लगायतका वाली लगाईएन । यस्तै मकै खेती गरेका किसानको मकै आर्मी वाम (फैजी किरा)ले सखाप पार्यो । अर्कोतर्फ दैनिक जसो गैरसरकारी संस्थाले बाँढ्ने राहतमा झुलिएका कारण धान समेत लगाउन पाएनन् किसानले । जसको कारण भण्डारण रित्तियो, बाँचेको विऊ समेत मासिएकाले खाद्य संकट देखिएको चौधरीले बताए ।

किसानलाई गैरसरकारी संस्थाले राहतमा भुलाएका कारण समस्या झन् थपिएको उनको भनाई छ । अव घर बनाउने वेला भएकोले झन् किसान यो वर्ष खेती नगर्ने मनस्थितिमा देखिन्छन् । यसले भयावहक अवस्था आउने होकी भन्ने चिन्ता छ, उनले भने । अर्को तर्फ खडेरीले थप चुनौति दिएको छ ।

गैरसरकारी संस्था विऊ वाड्दै किसान भुलाउदै

भूकम्पका नाममा दोलखामा सय भन्दा बढि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले काम गरिरहेका छन् । यता किसानका लागि यतिखेर मकै गोड्नेदेखि धानको विऊ राख्ने चटारो छ । तर खडेरीले पिरोलिएका उनीहरुलाई गैरसरकारी संस्थाले रातहतका नाममा परनिर्भरता बनाउन थालेको गुनासो आइरहेको छ ।

agriculutre-3

कतिपय गैरसरकारी संस्था सूचिकृत नभएका विऊ बाडेर किसानको लगानीलाई वालुवामा पानी बनाउन समेत उद्दत देखिन्छन् । जसका कारण किसान थप परनिर्भर हुने देखिन्छ । जसका कारण यसको प्रत्यक्ष असर दोलखाको कृषि क्षेत्रमा परेको कृषि विकास कार्यालयका कर्मचारीहरु बताउँछन् । प्रमुख चौधरीका अनुसार एकदई बाहेक अन्य यस्ता संस्थाले गाउँमा किसान भुलाई राखेका छन् । यसको असर दीर्घकालिन पर्ने देखिन्छ । पाँच वर्षपछि भएका सबै खेती योग्य जमिन बाँझै हुने सम्भावना छ । पैसा हुने किनेर खान सक्छन् तर नहुनेले भोकै मर्नुपर्ने दिन समेत आउन सक्ने चौधरी बताउछन् । सरकारले यस्ता भूकम्पका नाममा मनोमानि गरिरहेका संस्थाको काम रोक्नु पर्ने चौधरी सुनाउँछन् ।
Egaurisanker.com मा खवर छ । 

Tuesday, April 26, 2016

सिगटीमा संरक्षण क्षेत्रको कार्यालयमा तोडफोड

२०७३ बैशाख १४ सोमबार
 आवाज संवाददाता
दोलखा जिल्लाको लादुक गाविस, सिंगटीमा रहेको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालयमा हिंजो साँझ तोडफोड भएको छ ।
जिल्लाको लादुक, खारे, सुरी, लामावगर, बुलुङ, चिलंखा लगायतका स्थानीयवासीहरुले आवास निर्माणको लागि काठ कटानको लागि संरक्षण क्षेत्रले असहयोग गरेको भन्दै तोडफोड भएको बुझिएको छ ।
स्थायी घर निर्माणको लागि लादुक लगाएत विभिन्न गाविसका सामुदायिक बनको सिफारीसमा प्रति परिवार ३० क्यू फिट काट कटान गरिएकोमा संरक्षण क्षेत्रले चिरानको लागि लामिडाँडा लान नदिएको स्थानीय नवराज केसीले वताउनु भयो ।
यस विषयमा गौरीशंकर संरक्षण क्षेत्र दोलखाका प्रमुख सत्यनारायण साहाले आफुले कानुनले भनेको भन्दा बढी काठको स्विकृति दिन नसक्ने बताए । तथापी छलफलको लागि जिल्ला प्रशासन कार्यालय दोलखामा १८ गतेलाई वोलाईएकोमा उहाँहरुवाट भएको गतिविधिवाट आफु दुखि भएको वताए । आफुहरुलाई दवावमा बढी परिमाणमा स्विकृति खोजेको र आफुले त्यसो गर्न नसकिने वताउनु भयो ।
गौरैशंकर संरक्षण क्षेत्रको कार्यालयमा जम्मा भएका स्थानीयवासीले कार्यालयमा ढुङ्गामुडा गरेर क्षति पुर्याएका छन् भने सोही क्रममा एक जना पक्राउ परेका छन् । पक्राउ परेकोलाई केही वेरमा हाजीर हुने बर्तमा छोडिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव परिक्षक बेलबहादुर पाण्डेले जानकारी दिनु भयो । अहिलेसम्म संरक्षण क्षेत्रको कार्यालयमा स्थानीयहरु वसिरहेका छन् भने उनिहरुले गारीशंकर संरक्षण क्षेत्र हटाईनु पर्ने माग राखेका छन् ।
साभार  आवाज अनलाइन

Sunday, April 24, 2016

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अनुदान वितरणको लागि लाभग्राहीहरुको नामावली (झ्याँकु, गौरीशंकर र लामाबगर बाहेक)

२०७२ साल बैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने आवास अनुदानको लाग्राही पहिचान गर्ने प्रयोजनका लागि केन्द्रिय तथ्याङ्क विभाग द्वारा सञ्चालित “भूकम्प प्रभावित आवास पुर्निर्नर्माण लगत संकलन कार्यक्रम” अन्तर्गत संकलित तथ्याङ्कहरुको विश्लेष्णबाट देहायको सूची बमोजिम लाभग्राहीहरुको पहिचान गरिएको छ ।

आलम्पु, बिगु, वावरे, चिलंखा, लादुक र लामीडाँडा नामावली हेर्न यहाँ Click गर्नुहोला ।

दोलखामा रातो मच्छिन्द्रको रथयात्रा सुरु

वि.सं २०७३ बैशाख १२ आइतवार
      संवाददाता
ऐतिहासिक दोलखा सहरमा शनिबारबाट रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ । ९ दिनसम्म चल्ने मछिन्द्रनाथको यात्रा आज पहिलो दिन पिङ्गलमा मछिन्द्रको मूर्तीलाई दुधले नुहाएर सुरु हुने छ ।
डोकुलुङ्गामा रहेको रातो मच्छिन्द्रलाई चैत पूर्णिमाकादिन शनिबार मूर्तीलाई दुधले नुहाएर पिङ्गलमा बाजागाजासहित रथारोहण गरेपछि आइतबारदेखि रथ तान्न सुरु हुने स्थानीय अगुवा भरतनारायण प्रधानले जानकारी दिए ।

Thursday, April 21, 2016

भूकम्प पछि तंग्रिदै छ सिंगटी (फोटो फिचर) अनलाइनखबर

९ वैशाख, दोलखा । भूकम्पले थिलथिलो भएको दोलखाको सुन्दर बस्ती सिंगटी तंग्रिने प्रयासमा छ । भूकम्पपीडितहरुको घाउ अहिलेसम्म राम्ररी पुरिएको छैन र पनि उनीहरुले निराशालाई थिच्ने प्रयास गरेका छन् ।
भूकम्पमा परेर सिंगटी बजारमा ३२ जनाको ज्यान गएको थियो । दोलखाको अनकण्टार खोंचमा रहेको सिंगटी बजार अहिले बिस्तारै व्युझिँदै छ । चहल-पहल मन्द गतिमा बढ्दैछ । आफ्नो जीवनको सम्पूर्ण कमाइ यही बजारमा खन्याएका व्यावसायीहरु यो स्थान छाडेर अन्यत्र जान चाहँदैनन् । जसोतसो गरेर गरेर भए पनि पसल थापेका छन् उनीहरुले । भग्नावशेष पन्छाएर घरहरु बनाउँदैछन् स्थानीय ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।