Thursday, June 30, 2016

७० वर्षिय वृद्धसंगको अनैतिक सम्बन्धपछि बालिकाले छोरी जन्माइन्

२०७३ असार १६ बिहिबार
मानकाजी सुवाल, धुलिखेल । ७० वर्षे वृद्धसँगको अनैतिक सम्बन्धपछि एक १४ वर्षे किशोरीले धुलिखेल अस्पतालमा ८ महिनामै शिशुलाई जन्म दिएकी छिन् ।

डेढीथुम्का उच्च मा.वि.मा कक्षा ९ मा पढ्दै गरेकी बालिकाले स्थानीय ७० वृद्ध चन्द्रभक्त श्रेष्ठसंगको अनैतिक सम्बन्धको कारण गर्भवती भएको ८ महिनापछि तरकारी बालीमा प्रयोग हुने विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

महादेवस्थान गाविस वडा नं. – ५, नखन्दपाटी निवासी करीब ७० वर्षिय चन्द्रभक्त श्रेष्ठसंग अनैतिक सम्बन्ध रहेको र उक्त सम्बन्धबारे कसैलाई नभन्न दबाव दिएपछि बालिकाले मृत्युको बाटो रोजेको हुनसक्ने बालिकाकी आमा पार्वती बि.क.ले बताइन् ।

श्रीमतीको मृत्यु भइसकेको, एक छोरा र ६ छोरीका पिता ७० वर्षिय श्रेष्ठले फकाई फुल्याई विभिन्न प्रलोभनमा पारी बालिकासँग अनैतिक सम्बन्ध राख्दै आएको पारिवारिक श्रोतको दाबी छ ।

आर्थिक अवस्था कमजोर भएकैकारण बालिकाका पिता वैदेशिक रोजगारीमा क्रममा मलेशियामा पुगेको र आफुले घरको सबै जिम्मेवारी सम्हाल्ने क्रममा यता ध्यान नपुगेको आमा पार्वती बि.क.ले स्विकारिन् ।

आमा पार्वती वि.क.का अनुसार असार ७ गते बिहान घरमा कोही नभएको मौका छोपि बालिकाले विषादी सेवन गरेकी थिइन् । बालिकाले जब विष सेवन गरेको थाहा पाएपछि अभियुक्त चन्द्रभक्त श्रेष्ठ बेहोस भइ बि. एण्ड बि. मा भर्ना गरेको समाचारस्रोतको दाबी छ । हाल पीडकका छोरा र आफन्तले पीडितको उपचार खर्च बेहोर्ने प्रतिवद्धतासँगै केही पैसा दिएर सहमति गर्न खोजेको बताइयो ।

बालिकाले नवजात बच्चीलाई जन्म दिएपछि पीडक श्रेष्ठ परिवारका सदस्यहरुले कहीं कतै उजुरी नगर्न मानसिक दबाव दिंदै आएको बुझिएको छ । जे हुनु भयो अब हामी मिल्नुपर्छ मिल्नुको विकल्प छैन, हामी एउटै गाउँमा बस्नुपर्छ भन्दै दबाव दिंदै आएको र संचार माध्यममा आएमा छोरीको भविष्य विग्रिने पो हो कि भनेर आमा पार्वती वि.क. चिन्तित् बनेकी छिन् ।

अस्पताल खर्चदेखि सबै खर्च बेहोर्छु भनेका छन्, कुरा झन् बिग्रिने पो हुन् कि सर ? भन्दै आमा पार्वती वि.क.ले उनीहरुसँग जोरी खेल्ने र कानूनी रुपमा लड्ने हैसियत आफुसंग नभएको  तथा आफु सोही गाउँमा बस्नुपर्ने भएकाले झमेलामा फँस्न नचाहेको बताइन् ।

पीडक परिवारका आफन्त हिरामान श्रेष्ठले आफुहरु पीडित परिवारसंग मिल्न वार्ता गरिरहेकोले मिडियाबाट चासो नराख्न र समाचार नलेख्न आग्रह गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय काभ्रेका महिला तथा बालबालिका सेल प्रमुख सीता श्रेष्ठले पीडित पक्षले प्रहरीमा उजुरी नदिएको बताउँदै हद म्याद् नाघेको कारण कारवाही चलाउन गाह्रो भएको र अब अदालतमा जानुको विकल्प नभएको बताउनुभयो ।

प्रहरीमा उजुरी नआएपनि आफुले सहयोग गर्ने बताउनु भयो । रक्षा नेपालका अध्यक्ष मेनुका थापाले पीडित पक्षलाई सबै तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खवर newsabhiyan.com वाट लिएको हो ।

Thursday, May 19, 2016

भ्यान्टाले कपाल झर्दैन अनि थुप्रै अरु फायदा पुर्याउछ कत्तिको खानुहुन्छ ?

बुधबार, जेठ ०५, २०७३

एजेन्सी- तपाई तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस् । किनकी भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ ।
शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ । रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुयौउने भ्यान्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ ।
अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भ्यान्टले तपाईलाई सहयोग गर्छ । भ्यान्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ । चुरोटका अम्मलीले नियमित भ्यान्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ ।
भ्यान्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ । पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भ्यान्टामा पानीको मात्रा समेत धेरै हुन्छ । जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ ।
मधुमेहको रागीका लागि समेत भ्यान्टा उपयोगी हुन्छ । फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ । टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ । भ्यान्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ
स्रोत 

Thursday, April 21, 2016

दाजुभाइ कै साझा श्रीमती

बिहीबार ९ बैशाख, २०७३
नरहरि सापकोटा
जबरजस्ती तानिएपछि बिहे गर्न बाध्य गोरखा बिहीकी सोनाम साङ्‌मो।
(तस्विरः नरहरि)
बिही (गोरखा)- दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा। वर्षौं पहिले उत्तरी गोरखाको दुर्गम भेगमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर हिजोआज पहिलेभन्दा कम भए पनि एउटै बिहे गर्ने परम्परा हटेको भने छैन।
अहिले पनि बिही, छेकम्पार सामागाउँ लगायत गाविसका दुई भाइले एकै श्रीमती बिहे गरेको भेटिन्छ। 'पहिले गाउँपिच्छे थुप्रै थिए, अहिले थोरै छन्, बिस्तारै एउटै बिहे गर्ने परम्परा हटे पनि पूर्ण रुपमा हटेको छैन,' बिहीकी स्थानीय शिक्षिका लुना गुरुङले भनिन्।
बिही गाविसमै यस्ता गाउँ पनि छन् जहाँ एकै घरका दुई दाजुभाइले एउटै बिहे गर्छन्। बिही १, क्रोका एकै घरका दुई दाजुभाइले वडा नम्बर ९ की पेमा लामालाई बिहे गरे। फुर्बु तेन्जिङ र छेवाङ दुई दाजुभाइ हुन्। पेमा उनीहरु दुवैका श्रीमती हुन्।
बिहेवारी गर्ने परम्परा भने अन्यत्रभन्दा त्यहाँ बेग्लै छ। मन परेको केटीलाई मेलापात, गोठालो जाँदा, घट्ट जाँदा, बाटोमा भेटेका बेला र राति सुतेको ठाउँमै गएर तान्ने प्रचलन छ। पेमालाई पनि नुर्बु र छेवाङले सुतेका बेला घरबाटै तानेका थिए। केटीका आमाबाबुलाई खुसी बनाउन सके भने छोरीलाई जबरजस्ती तानेर, बोकेर दलबलसहित आएर लैजान प्रचलन छ। बिही गाविसमा अहिले पनि तानेर जबरजस्ती बिनामन्जुरी बिहे हुने क्रम रोकिएको छैन।
बिही ४ की सोनाम साङ्मोको १६ वर्षे उमेरमा तानेरै बिहे भएको थियो। 'घरमा आमाबुवालाई टन्न रक्सी खुवाए,' उनले सुनाइन्, 'मलाई तानेर लगे, फर्कियो भने घरमा पनि नराम्रो, आमाबाबुलाई केटा पक्षले कुटपिट गर्ने, झगडा हुने, पैसा दिनुपर्ने सम्म हुन्छ, डरले म बसिरहेँ।' उनको अहिले तीन छोरी र दुई छोरा छन्। 'म त एउटा मात्रै श्रीमती, अझै गाउँमा कोही केटी त दुईजना भएको ठाउँमा पर्छन्,' साङ्मोले भनिन्। उत्तरी गोरखाका अधिकांश दुर्गम गाविसमा तानेरै बिहे गर्ने, एकै परिवारका दुई दाजुभाइले एउटै केटीसँग बिहे गर्ने प्रचलन अहिले पनि छ। दाजुभाइले बिहे गरेपछि आलोपालो घरमा बस्ने गर्छन्।
'बिहीमा मात्र होइन, छेकम्पार, सामागाउँमा दुई दाजुभाइको एउटै बूढी अहिले पनि छन्,' स्थानीय शिक्षिका लुना गुरुङले भनिन्, 'पहिले धेरै थियो तर अहिले बिस्तारै हराउँदै गएको छ।' तानेर बिहे गर्ने प्रवृत्ति भने बढिरहेको उनी बताउँछिन्। तानेर बिहे गर्नुलाई संस्कारसँग जोडेर हेर्ने गरिन्छ। उनले भनिन्, 'केटीको घरपरिवार नमान्दासम्म यो सम्भव हुँदैन, तर मानिहाल्छन्।' कमजोर चेतना स्तर र संस्कारका कारण यो परम्परा तोडिन गाह्रो भएको उनले बताइन्।
^गाउँमा केटा नभेट्दा हुँदैन बिहे
बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन्। न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ। अहिलेसम्म उनको लगन जुरेको छैन। 'गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,' गुरुङले भनिन्।
उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन्। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन्। 'मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो?' स्थानीय देवानी गुरुङले भनिन्। उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन। 'छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन्।'

देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन्। अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो। 'लगन जुरेन, कर्ममा नलेखेर होला नि,' उनले भनिन्, 'बिहे गर्न कसलाई पो मन हुँदैन र!' मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन्। ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन्। खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन्।

न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन्।
स्रोत /nagariknews.com

Monday, April 11, 2016

करोड़पतीलाइ श्रीमतीले घर निकाला गरे पछि 5 महीनासम्म रोडमा बास

२०७२ चैत २९
धिक्कार छ त्यो जुनिलाई । आखिर सम्पत्तिले के गर्यो ? त्यो आलिशान महलले के गर्यो ? आफ्नै श्रीमतीको डरले घरभित्र छिर्न नपाई थुरुथुरु काँप्दै घरबाहिर बगैँचामा महिनौँ बिताउनु परेपछि के हविगत होला ?

अमेरिकामा एक करोडपतिको यस्तै  हालत भएको छ । टेक्सासस्थित लेकभिल्लेमा आलिशान बंगला तथा करोडौँको सम्पत्तिका मालिकले आफ्नै श्रीमतीको डरका कारण आफ्नो बंगला बाहिर बगैँचामा पाँच महिनासम्म बास बस्नु परेको छ ।

शराफत खान नामका यी पत्नी पीडित अभागीलाई अदालतले पनि न्याय दिएन । अदालतले उक्त घर उनकै श्रीमतीको भएको फैसला गर्दै घर खाली गरिदिन शराफतका नाममा आदेश दियो ।

त्यसभन्दा पहिले शराफत आफ्नो घर बाहिरै पाँच महिनासम्म बसे । त्यसरी बाहिरै बस्दाखेरि उनका केवल एक सेट कपडा तथा एकजोर जुत्ता मात्र थिए । लोग्ने घरभित्र छिर्ला भनेर उनकी पत्नीले घरका सबै झ्यालढोका बन्द गरेकी थिइन् ।

निकै कडा स्वभावकी शराफत पत्नीले एक दिन झगडा भएपछि लोग्नेलाई घर बाहिर निकालेर ढोका लगाइदिइन् । त्यसपछि उनलाई घर भित्र छिर्नै दिइनन् । छिमेकीले शराफतलाई सहयोग गरे र खानेकुरा तथा आवश्यक पर्दा औषधि पनि दिए ।

शराफतको ३० वर्षको छोरा पनि आमाकै पक्ष लिएर बाउलाई घरनिकाला गर्ने काममा सहयोगी बन्यो ।  बाउ सराफतले आमालाई यसअघि पटक पटक कुटपिट गर्ने गरेको हुँदा आफुहरुले असह्य भएर त्यस्तो गरेको छोरा जेनको दाबी छ ।
६१ वर्षीया शराफत पेशाले डाक्टर हुन् ।

श्रीमतीले घर निकाला गरेपछि उनले अदालतमा डिभोर्सको मुद्दा हालेर आफ्नो सम्पत्ति दिलाइदिन माग गरे । तर अदालतले सम्बन्ध विच्छेद हुने ठहर्दै घर तथा सम्पत्ति भने शराफतकी श्रीमतीकै हुने फैसला गर्यो । साथै उनलाई घरभित्र छिर्ने त परको कुरा बगैँचाबाट समेत तत्कालै निस्किएर जान आदेश दियो ।
- source ..onlinekhabar

Tuesday, March 29, 2016

दुईवटी श्रीमती विवाह नगरे जन्मकैद



29 March, 2016
संसारका धेरै मुलुकमा श्रीमतीको बिना मन्जुरी दोस्रो विवाह गरेमा बहुविवाहको आरोपमा सजाय हुने गर्दछ । नेपालमा पनि दुईवटी श्रीमती भित्र्याएमा जेलको हावा खानुपर्छ । तर अफ्रिकी राष्ट्र इरिट्रियामा भने एक व्यक्तिले दुईवटा विवाह नगरे जेलको सजाय भोग्नुपर्ने हुन्छ ।
इरिट्रिया सरकारले हरेक पुरुषले दुइओटा विवाह गर्नैपर्ने र विवाहपछि पहिलो श्रीमतीले आपत्ति जनाएमा दुवैलाई जेल सजाय हुनसक्छ । तर यसो गर्नुमा इरिट्रिया सरकारको बाध्यता छ । सरकारको वयान अनुसार समय समयमा हुने गृहयुद्वका कारण देशमा पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि महिलाको सुरक्षाका लागि पुरुषले दुईओटा विवाह गर्नु जरुरी ठानिएको हो ।
सन् १९९८ को गृहयुद्धमा १ लाख ५० हजार र त्यसपछि इथियोपियासंग अलग हुन भएको युद्धमा करीब ४ लाख मानिसको ज्यान गएको थियो । यसैकारण इरिट्रियाको सरकारले यस्तो कानुन पारित गरेको थियो । यो कुरा सामाजिक सञ्जालमा पनि चर्चित बन्दै आएको छ ।
लगभग १७६०० वर्ग किलोमिटर क्षेत्रफल रहेको इरिट्रियाको पूरा नाम इरिट्रिया लालसागर हो । यो ढाकि र हनीश द्वीपसमूहमा सामेल छ । इरिट्रियाको पूर्वोत्तर र पूर्वी क्षेत्रमा साउदी अरब र यमनका साथ लाल सागरको समुद्री किनार छ । यो मुलुकको पश्चिम दक्षिणमा इथियोपिया र दक्षिण पूर्वमा सुडान अवस्थित छ ।
इरिट्रियन राष्ट्रपति इसाइस अफ्रिकी नेतृत्वको सरकारले एकभन्दा बढी पत्नी भित्रय्याउने कि जेलको हावा खाने भन्दै नीति बनाएपछि यो विषय निकै चर्चामा छ । इरिट्रियाको यो कदममा उसको आफ्नै बाध्यता छ । तर, मानवअधिकारका दृष्टिले यसलाई कसरी हेरिन्छ यसै भन्न सकिन्न ।
स्रोत नेपालजापन डट कम

Friday, October 31, 2014

डा. धितालले के चमत्कार गरे त्यस्तो? video सहित

-वसन्त गिरी-

डा. कुमुद धिताल सहितको टोलिले केहि दिन अघि एक जनाको मुटु अर्कोमा प्रत्यारोपण गरेको खबरले मेडिकल जगत र नेपाली समुदाय बीच खुब चर्चा चलेको छ । यो ब्लगमा उनले खास के आबिश्कार वा चमत्कार गरेका हुन त भनेर खोतल्ने प्रयास गरेको छु ।

मुटु प्रत्यारोपण के  हो?
कुनै मान्छेको मुटुले कुनै कारणले कामै गर्न छोड्यो भने उसको जीवन बचाउनको लागि अर्को मान्छेको (डोनर) मुटु राख्नेलाइ मुटु प्रत्यारोपण भनिञ्छ । संसारमा सबै भन्दा पहिले सन् १९६७ मा पहिलो पटक मुटु प्रत्यारोपण गरिएको थियो । अहिले संसारभरि करिब ३५०० मुटु प्रत्यारोपण हुन्छन प्रत्येक बर्ष । यसरी प्रत्यारोपण गरेका मान्छे १५-२०

Wednesday, December 11, 2013

यति हुँदा हुँदै पनि ती पुरुषले न्याय होईन उल्टै दण्डीत हुनु पर्ने अवस्था....

भान्जाको काखमा सुतेर लोग्नेसित बात !

प्रेम सुनार, गुल्मी । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलि रहेका बेला विदेशमा रहेका गुल्मीका दामप्रसाद (नाम परिवर्तन) यता घरमा पत्नीको चर्तिकलाले पानचित खाएका छन् । यसै महिना पहिलो हप्ताको कुरा थियो । एक पटक पल्केको झिल्के घरीघरी पल्के भने झैं आफ्नै माईजूको काखमा रात विताउन पल्केका भान्जो त्यस राति पनि माईजुको विस्तरामा आयो ।

एक दिन होईन, दुई दिन होईन, सधै त्यस्तै भएपछि सहि साध्य भएन दामप्रसादकी आमालाई । सहनपनि

Saturday, October 12, 2013

चीनमा भेटियो अश्लील कन्दमूल (तस्वीर सहित)

२०७० असोज २६ गते
केही समय पहिले बेलायतमा पुरुषको गुप्तांगको आकारको स्ट्रबेरी फलेको समाचारले तहल्का मच्चाएको थियो । अहिलेे फेरि चीनमा निर्वस्त्र पुरुषको आकारको कन्दमूल फेला परेपछि अर्को तरंग पैदा भएको छ ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।