Thursday, July 20, 2017

तपाइको मोवाइमा स्टोरेज फूल भएर हैरान हुनु भएको छ ? खाली गर्ने तरिका सिक्नुहोस्

Thursday, 20 Jul, 2017
मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुुँदा समस्याबाट मुक्ति मिल्छ :
१. इंस्टाग्राम राखेको फोटो मोबाइल मेमोरीमा स्टोरेज हुन्छ । यस्ता फोटाले मेमोरीको धेरै स्पेस ओगट्छ । त्यसैले इंस्टाग्राममा राखेको फोटो स्टोरेजबाट डिलेट गरिदिनुहोस् ।
२. थर्ड पार्टी एप्सले पनि मोबाइलको मेमोरी खाने र मोबाइललाई स्लो बनाउने गर्छ । यस्ता सबै एप्स डिलेट गर्नुहोस् । यसमा क्यामेरा एप्स पनि पर्छ जसको काम निकै कम हुन्छ तर, फोनको निकै धेरै स्पेस खान्छ ।
३. म्युजिक स्ट्रिमिङ एप्स प्रयोग गरेर तपाईं आफूलाई मन परेको गीत तथा भिडियो सेकेण्ड भरमै सुन्न तथा देख्न सक्नुहुन्छ । तर, यो एप्स फोनमा डाउनलोड गर्नुपर्ने जरुरी हुँदैन । यसो गर्दा मोबाइलमा धेरै गीत तथा भिडियो स्टोर हुनबाट स्पेस जोगिन्छ ।
४. पुराना म्यासेजले पनि मोबाइलको मेमोरी स्पेस खाइरहेको हुन्छ । ‘डिलेट अल थ्रेड्स’ अप्सनमा गएर पुराना म्यासेजहरु डिलेट गर्नुहोस् । यहाँबाट एकै साथ सबै पुराना म्यासेज डिलेट गर्न सकिन्छ ।
५. कतिपय एप्स मोबाइलमा आवश्यक पर्दैन तर, रहिरहेको हुन्छ । यस्ता एप्स पनि डिलेट गर्नुहोस् । यसले फोनको मेमोरी स्पेस खाने गर्छ ।
६. क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने ब्राउजरको क्यास, डाटा र हिस्ट्री डिलेट गर्नुहोस् ।
७. मोबाइलको इन्टरनल स्टोरेज क्लिन गर्नुहोस् । यसका लागि सबै फाइललाई माइक्रोएसडी कार्डमा मुभ गर्नुहोस् ।

Saturday, June 25, 2016

अँध्यारोमा स्मार्टफोन चलाउनुहुन्छ? जीवनभर दृष्टि गुम्न सक्छ !

एजेन्सी असार ११
राति सुत्ने समयमा अँध्यारोमा स्मार्टफोन चलाइरहने बानी छ भने तुरुन्तै त्याग्नुहोस्। अँध्यारोमा धेरै समयसम्म स्मार्टफोन चलाइरहने बानीले तपाईको दृष्टि जीवनभरका लागि गुम्न सक्छ।

‘न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’ले हालै सार्वजनिक गरेको रिपोर्टमा यो कुराको उल्लेख गरिएको छ। रिपोर्टमा जनाइएअनुसार २२ वर्षकी एक युवती र ४० वर्षीया महिलाले दृश्य क्षमता कमजोर भएको गुनासोसहित डाक्टरहरुसित परामर्श गर्ने क्रममा यस्तो कुरा खुलासा भएको हो।

२२ वर्षकी युवतिले राति सुत्नुअघि लामो समयसम्म इन्टरनेट चलाउने गर्थिन् भने ४० वर्षीया महिलाले बिहान उठ्नुअघि नै इन्टरनेटको माध्यमबाट समाचारहरु पढ्ने गर्थिन्।

दुवैले यो बानीलाई १ वर्षसम्म निरन्तरता दिए। डाक्टरहरुले स्मार्टफोन धेरैबेरसम्म नचलाउन सुझाव दिए। पछि स्थिति गम्भिर भयो। डाक्टरहरुले सो अवस्थालाई ‘ट्रान्जिएट स्मार्टफोन ब्लाइन्डनेस’ भनेर नाम नै दिए।

अँध्यारोमा पल्टेर धेरै बेरसम्म स्मार्टफोन चलाइरहने बानीले दृष्टिविहीन नै बनाउने डाक्टरहरुले सुझाएका छन्।

यस्तो अवस्थामा आँखाको रेटिनामा असर पर्दछ। असर बढ्दै गएमा केही समयमा आँखाले देख्न छोड्छ।

डाक्टरहरुको ठूलो प्रयासले गर्दा उनीहरुको स्थिति केही सुधारियो। तर अवस्था गम्भिर भएमा प्रत्यारोपणविना समस्या सुल्झाउन नसक्ने परिस्थिति पनि आउने डाक्टरहरुको भनाई छ।

डाक्टरहरुले प्रत्येक्ष रुपमै यस्ता बिरामी भेटेको घटना यो पहिलो भएको बताइएको छ। तर युनिभर्सिटीका अध्ययनहरुले यसअघि नै यो कुराको खुलासा गरेका थिए। ‘नोटिङ्गम युनिभर्सिटी’ले अध्ययनमा पत्ता लगाएको थियो कि लगातारको स्मार्टफोनको प्रयोग सबै ज्ञानेन्द्रीय अंगहरुको लागि घातक छ।

स्मार्टफोनको लाइट र रेडिएसनको रियाक्सनले आँखामा समस्या निम्त्याएका बिरामीहरु नै बढ्न थालेपछि विकसित यो प्रविधिलाई स्वयम्ले नियन्त्रण गर्नुपर्ने चुनौति थपिएको छ।

स्मार्टफोनबाट हुने साइड इफेक्टका बिरामीहरु हाल बढ्न थालेको भन्दै डाक्टरहरुले यसको प्रयोगमा सतर्क रहन आग्रह समेत गरेका छन्।
(आजको सेतोपाटीमा यो खवर लेखिएको छ )

Wednesday, June 15, 2016

फेसबुक चलाउनेहरूको लागि दुःखद खवर अबस्य पढ़ौ

असार १
 काठमाडौं–पढ्ने उमेरमा सामाजिक संजालमा झुत्तिने किशोर÷किशोरीका लागि दुःखदको खबर छ, हुँदाहुँदा अब बिहेका नाममा पनि ठगी सुरु भयो ।

प्रहरीको हपराध महाशाखामा परेको एउटा उजुरीले भन्छ, ‘ठिटाठिटी हो, फेसबुक हैन, बाबुआमाले भनेको मान !’

काठमाडौंमा बसेर अध्ययनसँगै रोजगारी गरिरहेकी शर्मिला (नाम परिवर्तन) को भेट सामाजिक संजालमार्फत संगमसँग भयो ।

संगम आफू अध्ययनको सिलसिलामा बेलायतमा रहेको बताउँथे । वर्षदिन अघि संगमले पठाएको फ्रेन्ड रिक्वेष्ट स्वीकार गरेपछि दुई जनाको च्याट सुरु भयो ।

यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा थिए ।

यद्यपी, दुवैको भेट हालसम्म भएको थिएन । फेसबुकबाट झाँगिएको प्रेम यति गहिरिँदै गयो कि संगमले नै विवाहको प्रस्ताव गरे । दुवै जना विवाह गर्न राजी भए ।

कुराकानकिो सिलसिलामा, संगकले युकेबाट शर्मिलालाई गिफ्ट पठाइदिने बताए । प्रेमीको यस्तो प्रस्ताव सुनेसँगै उनी दंग मात्र परिनन्, आफ्नो पूरा ठेगाना म्यासेज गरिन् ।

संगमले पठाइदिन लागेको सामानको सूचीमा थियो, आइफोन सिक्स, गहना र केही मिठाई । ‘ल मैले सामान पार्सल गरेर पठाइदिएँ है,’ संगकले च्च्याटमा लेखेका थिए ।

प्रेमीको गिफ्ट पाउन शर्मिला आत्तुर थिइन् । दिन बित्यो, साता बित्यो तर गिफ्ट आएन ।

उताबाट संगमले भने गिफ्ट पाएनौ भनेर सोधी नै रहे । ‘एक दिन उनको मोबाइल एक अपरिचित नम्बरबाट फोन आयो । फोन भारतबाट एक युवकले गरेका थिए ।

युकेबाट तपाईंको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ । केही समस्या पर्यो । कर तिर्नुपर्ने भयो । केही रकमको आवश्यकता छ,’ उसले भन्यो ।

उनले त्यो कुरा संगमलाई सुनाइन् । प्रेमीले पठाएको गिफ्ट पाउने आश कसलाई पो नहोला र ? उनले फोनमा त्यो केटाले भनेझैं ३० हजार रुपैयाँ भारत पठाइन् ।

अबको केही दिनमा तपाईंको सामान स्थानमा आइपुग्छ उसले भन्यो । तर, त्यही अहँ सामान आएन । केही दिनपछि फेरी त्यही केटाले फोन गर्यो । फेरी त्यही समस्या देखायो र फेरी उनले २५ हजार रुपैयाँ माग्यो । गिफ्टको लोधमा उनले पैसाको जोहो गरी फेरी पैसा पठाइन् । तर, अहँ सामान अझै आउन ।

त्यसपछि झसंग हुने पालो आयो केटीको । आफू ठगिएको महसुस गर्दै टेकुस्थित महानगरीय अपराध महाशाखामा पुगिन् । महाशाखाका डिएसपी पशुपति राय भन्दै थिए यो ठगीको नयाँ शैली हो ।

उनी ठगिइन् । उनी मात्र होइन पछिल्लो समय फेसबुकको माध्यमबाट यसरी ठगिएर उजुरी दिने क्रम बढेको छ ।
आजको जनआस्था साप्ताहिकमा खबर छ

Sunday, June 5, 2016

दैनिक आधा घन्टा मोबाइल अफ गर्नुका फाइदा

काठमाडौं, वैशाख १९ - तपाईंले स्मार्ट फोन प्रयोग गर्नुहुन्छ भने त्यो स्मार्ट फोनलाई दैनिक आधा घन्टा बन्द राख्ने गर्नुहोस ।
मोबाइलका लागि फायल शेयर गर्ने सफ्टवेयर बनाउने कम्पनी एसिलियोनका प्रमुख कार्यकारी योर्गन एडहोल्मले स्मार्ट फोन दैनिक ३० मिनेट बन्द राख्न सल्लाह दिएका हुन् । उनले स्मार्टफोन ३० मिनेट अफ गर्र्दा हुने फाइदा बुँदागत रुपमा बताएका छन् ।
ब्याट्रीको बचत
स्मार्ट फोनमा प्रयोग हुने ब्याट्रीको आयु भनेको ३ सय देखि ५ सय पटकसम्मको रिचार्ज हो । ५ सय पटक रिचार्ज गरिसकेपछि ब्याट्रीको क्षमता ६० प्रतिशतसम्म घट्छ । फोन बन्दा गर्दा ब्याट्री प्रयोग हुँदैन र ब्याट्री बचत हुन्छ ।
तापक्रम घट्छ
मोबाइल चलाउँदा तातो हुने समस्या छ भने पनि त्यसलाई ३० मिनेट अफ गर्दा समस्या समाधान हुन्छ । यद्यपी फोन धेरै तात्ने समस्या छ भने अफ गर्नु तत्कालको लागि समाधान हो ।
मस्तिष्कलाई आराम
२४ सैं घन्टा मोबाइल चलाउन मानिसको मस्तिष्कको लागि पनि हानिकारक हुन्छ । एकै पटकमा मानिसको मस्तिष्कले धेरै काम गन सक्दैन भनेर वैज्ञानिकहरुले पुष्टि नै गरेका छन् । मोबाइल फोनसँगै अफिसको वा अन्य कुनै पनि काम गर्दा मस्तिष्कलाई बोझ पर्न जान्छ । तर यदी तपाईंले ३० मिनेट मोबाइल अफ गर्नुभयो भने तपाईंको स्मार्ट फोनले मात्र होइन मस्तिष्कले पनि आराम पाउँछ ।
काममा एकाग्रता
एक अध्ययन अनुसार ६१ प्रतिशत मानिसले मोबाइलमा आउने नोटिफिकेशन तत्कालै हेर्न चाहन्छन् । बारम्बार नोटिफिकेशन हेर्दा काममा एकाग्रता नहुन सक्छ । त्यो ६१ प्रतिशतमा तपाईं पनि पर्न सक्नुहुन्छ । त्यसैले मोबाइललाई ३० मिनेट बन्द राख्नु भयो भने तपाईंको ध्यान मोबाइलमा जाँदैन र यो समयमा कुनै महत्वपूर्ण कामलाई एकाग्रता दिएर पुरा गर्न सक्नुहुन्छ ।
- एजेन्सीको सहयोगमा Ujyalo online ले प्रकाशन गरेको  समचार 

Sunday, May 29, 2016

मोबाइललाई सिसिटिभी बनाउन मिल्ने एप

एजेन्सी, जेठ १६
स्मार्टफोनलाई अब सिसिटिभी  (CCTV)  क्यामराका रुपमा पनि प्रयोग गर्न सकिने भएको छ।
यसका लागि 'Salient Eye Home Security Alarm' नामक एपको प्रयोग गर्नु पर्ने हुन्छ जुन प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।
यो एप एक सीसीटीभी क्यामराका रुपमा काम गर्छ र कुनै असामान्य हलचल भएमा म्यासेज, इमेल र अलार्मका माध्यमले सूचना दिन्छ।
यो एप प्रयोग गर्न निकै सजिलो छ। इन्स्टल (Install) गर्ने वितिक्कै स्क्रिनमा ‘साइलेन्ट आई’ को चिन्ह आउँछ। चिन्हको मुनि इमेल, म्यासेज र अलार्मको विकल्प हुन्छ।
सेटिङ मिलाएपछि स्क्रिनमा दिइएको ‘साइलेन्ट आई होम’ अलार्म बटन अन (On) गर्ने।
त्यसपछि क्यामरा स्वतः अन हुन्छ। सीसीटीभीका रुपमा प्रयोग गर्नको लागि फोनलाई स्थिर राख्नु पर्छ।
क्यामराको अघि केही असामान्य हलचल भएमा अलार्म अन हुन्छ र ५ मिनटसम्म बज्छ। यस एपलाई अन्य डिभाइसबाट पनि कन्ट्रोल गर्न सकिन्छ।
             सेतो पाटीमा  खवर छ । 

Friday, May 27, 2016

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? यसो गर्नुस्

सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् ।   यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ ।  यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ । कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ ।  वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरनु भएको छ भने आफैंले कहि घरेलु उपायबाट समस्याको समाधारन गर्न सकिन्छ ।  जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।  ल्वाङ्ग ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ । जामुन जामुनको फल र यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ । काँचो आँप काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ । यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।  सौंफ सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन । अदुवा  अदुवा आर्युवेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ । एजेन्सीको सहयोगमा  - See more /

स्रोतhamrodoctor.com

जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ, घर भित्र छिर्ननै अफ्टेरो लाग्यो ? यसो गर्नुस


धेरैलार्इ जुता लगाउँदा गन्हाउने समस्याले सताउने गरेको छ । अाज मोजा सफा गरेर लगाउदा अाजै खुट्टा गन्हाएर हैरान जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ ? यी हुुन् मुक्ति पाउने ९ उपाय हुन्छ । यसले मानिसलार्इ अफिस तथा पाहुना लाग्दा पनि बेस्सरी सताउने गरेको छ । अाखिर यो समस्याको समाधान कसरी गर्ने ? यी उपाय अपनाउनुहोस

बेकिङ सोडा : बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस् ।

चियापत्ति
चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।
स्याउको भिनेगर
एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।
टालकम पाउडर :
जुत्ता लगाउनुभन्दा अघि टालकम पाउडर खुट्टामा छर्किनुहोस् । पाउडरले पसिनाको गिलोपनलाई सोस्ने काम गर्छ जसले गर्दा पसिना कम निसकन्छ । जुत्तामा पनि पाउडर छर्केर लगाउन सकिन्छ ।
मकैको  धुलोः
कर्नफ्लोरको उपयोग खुट्टामा नलगाएर जुत्तामा हाल्नुहोस् जसले गिलापन सोस्न मद्दत गर्छ ।
गुणस्तरीय मोजा
मोजा छनोट गर्दा पूर्ण रूपमा कपडाको छनोट गर्नुपर्छ । नाइलन अथवा पोलिष्टर मिसिएको कपडा भएमा तपाइँ खुट्टा पोल्रने र गन्हाउने गर्छ ।
डिटोल साबुनको प्रयोग
यदि यी सबै उपाय अपनाउँदा पनि खुट्टा गन्हाउन कम भएन भने पर्याप्त मोजा किन्नुहोस र हरेक दिन खुट्टा र मोजा डिटोल साबुनले सफा गर्नुहोस ।

कागतीः
कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।
नुनः
नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।
स्रोत nes24.com

Monday, May 23, 2016

दुधमा बेसार मीसाएर खादा फाइदा नै फाइदा हुन्छ

Date: 22 May, 2016
आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यी फाइदा हुन्छन्ः
१.दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।

२.बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।

३.दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

४. बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।

५. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ ।

६ अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ ।

७. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

८. दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ ।

९. छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ ।

१०. दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ ।

११. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ । सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ ।

१२. चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।  आजको News24Nepal.com मा खवर छ । 

Sunday, May 22, 2016

कृषकलाई खुशीको खबर: अब हातहातमै कृषिका सम्पूर्ण जानकारी !

वि.सं २०७३ जेष्ठ ०९  संवाददाता
दोलखा, ९ जेठ – कृषकलाई प्राविधिक तथा बजारको जानकारी दिने ‘कृषि घर’ एप्स सार्वजनिक गरिएको छ । कृषकलाई प्रविधिसँग जोड्न यो एप्स ल्याइएको हो । कृषि मन्त्रालय कृषि विभागअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रले एप्स ल्याएको हो ।
अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइ किसान समूहबीच हस्तान्तरण गर्न एप्स उपयोगी भएको बताइएको छ । यसमा सम्भावना र समस्याबारे किसानलाई जानकारी दिने व्यवस्था गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)का एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापन र आईसीटी इन एग्रिकल्चर नेपालको सहयोगमा उक्त एप्स किसान माझ ल्याइएको हो ।

किसानले हातैमा सम्पूर्ण जानकारी पाउने र समस्या आफैं पत्ता लगाउन सक्ने प्रविधि यो कृषि घरमा राखिएको यूएनडीपीका वरिष्ठ आयोजना अधिकृत दीपक केसीले जानकारी दिए । चरिकोटमा जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले एप्स उद्घाटन गरे ।
कृषक घर एप्सबारे जिरी प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनरत विद्यार्थीलाई पनि जानकारी गराइएको छ । यूएनडीपीका वरिष्ठ आयोजना अधिकृत केसीले परीक्षणका रूपमा चितवन र सिन्धुपाल्चोकमा एप्स सञ्चालन गरिए पनि परिस्कृत रूपमा भने पहिलो पटक दोलखामा सार्वजनिक गरेको बताए ।

आयोजनाले पहिलो चरणमा नेपालका सात जिल्लामा यसलाई प्रयोगमा ल्याइने जनाएको छ । यसपछि देशव्यापी गर्ने योजना रहेको केसीले बताए । अहिले दोलखा, चितवन, सिन्धुपाल्चोक, सुर्खेत, धादिङ, स्याङ्जा र काभ्रेमा प्रविधि लैजाने गरी काम भइरहेको छ ।

कृषि घर मोबाइल एप्स विभिन्न क्षेत्रमा किसानले आफ्नै मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले एप्समार्फत् ७५ वटै जिल्लाका महत्वपूर्ण गतिविधि र जानकारीसमेत पाउन सकिने भएकाले कृषकको साथी नै हुने बताए । आयस्रोत वृद्धि गरी किसानको जीवनस्तर उकास्न यो प्रविधि सहयोगी हुने विज्ञहरूले बताएका छन् ।

कसरी प्रयोग गर्ने ?
यो एप्स प्रयोग गर्न निकै सरल छ । एनड्रोइड मोबाइल भएका किसानले आफ्नो मोबाइलमा प्ले स्टोर एप्स खोल्ने । त्यसमा कृषि घर टाइप गरी सर्च गर्ने र डाउनलोड गर्ने । त्यसमा क्लिक गरेपछि मुख्य मेनु खुल्छ । त्यसमा ‘गृह पृष्ठ’, ‘जानकारीहरू’ र ‘मेरो कृषि’ तीनवटा अप्सन दिइएको हुन्छ ।

‘गृह पृष्ठ’मा विभिन्न जानकारी, मौसम, कृषि डायरी, नयाँ जानकारी, तरकारी मूल्य, कृषि समाचार, जानकारी प्रदायक संस्था, सफलताका कथालगायतका विषय राखिएको छ ।

यस्तै, ‘जानकारीहरू’मा प्रशिक्षण, तालिम, विभिन्न तरकारी खेती, रोग किराबारे जानकारी लिन सकिनेछ । बाली लगाउने तरिका र विभिन्न जानकारीमूलक विषय पनि यहाँ समावेश गरिएको छ ।

किसानलाई आवश्यक कुनै सूचना नभए एप्समार्फत प्राविधिकलाई प्रश्न गर्न सक्ने व्यवस्था गरिएको छ । यसको जवाफ किसानले मोबाइलमै पाउँछन् ।
-aawajonline वाट साभार 

Tuesday, May 17, 2016

जम्मा ९० रुपैया तिर्नुहोस् एकहप्ता रातभर नेट चलाउनुहोस्

टेलिकमले ल्यायो ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चल्ने प्याकेज
काठमाडौं, जेठ ३ - नेपाल टेलिकमले ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चलाउन पाइने नाइट डाटा प्याकेज अफर ल्याएको छ ।
इन्टरनेशनल टेलिकम्युनिकेशन आइटियू डेको अवसरमा जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सिडिएमए पोष्टडपेड तथा प्रिपेडमा यो अफर उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
 यो अफर अन्तर्गत ९० रुपैयाँमा मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म चाहिएजति इन्टरनेट चलाउन पाइने छ । यो अफर लिन चाहनेले मोबाइलको म्यासेज बक्समा nightdata टाइप गरेर १४१५ मा एसएमएस गर्नु पर्ने टेलिकमले स्पष्ट पारेको छ । प्रत्येक वर्ष मे १७ तारिखलाई आइटियू डेको मनाउने गरिन्छ ।

Friday, May 13, 2016

यस कारण तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ

 एजेन्सीः तपाई नियमित फेसबुक चलाउनुहुन्छ ? तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ होला  । यदी त्यसो गर्नुहुन्छ भने सेयर गर्नेबेला तपाईले ध्यान पुर्‌याउनुपर्ने भएको छ ।
जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ । फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ ।
एकाउन्ट बन्द हुन नदिन यि कुरा नगर्नुहोस्
मानिसको गोप्य अंग देखिने तस्बिर पोस्ट गरेमा फेसबुकले तपाईंको एकाउन्ट आफैं बन्द गरिदिने गरेको छ ।
त्यस्तै दुई सय भन्दा बढी ग्रुपमा जोडिने व्यक्तिको एकाउन्ट पनि फेसबुकले बन्द गर्दिने गरेको छ ।
व्यक्तिगत लान्छना लाग्ने तथा कुनै व्यक्ति वा समूदायलाई गाली गर्ने खालका पोस्ट तथा कमेन्ट गरेका पनि फेसबुक ब्लक हुनसक्छ ।
त्यस्तै तपाईंले एउटै म्यासेज तीन सय भन्दा बढी व्यक्तिलाई पठाउनुभयो वा तीनसय भन्दा बढी व्यक्तिको पेजमा सेयर गर्नुभयो भने पनि तपाईंको एकाउन्ट बन्द हुनसक्छ ।
त्यस्तै सम्बन्धन बिनाका विद्यालय, क्याम्पस तथा संस्था भएको थाहा भएका एकाउन्ट बन्द हुनसक्छ ।
तपाईंले कसैलाई ‘पोक’ गर्नुहुन्छ भने ध्यान दिनुहोस् । धेरै मानिसलाई पोक गर्नुभयो भने एकाउन्ट बन्द हुनसक्छ ।
गैरकानुनी कुरा, हिसां बढाउने विषय पोस्ट गरेमा पनि एकाउन्ट बन्छ हुनसक्छ ।
त्यस्तै पाँचहजारभन्दा बढी साथी बनाउनुभयो भने पनि तपाईंको एकाउन्ट बन्द हुन्छ ।
सामाजिक सञ्जालका रुपमा निकै कहलिएको फेसबुकले विस्तारलाई आफूलाई व्यवस्थित बनाउँदै प्रयोगकर्ताहरुलाई पनि निगरानी गर्न थालेको छ ।
त्यसैले आफ्नो एकाउन्टमा जथाभावी कुरा पोस्ट गरेमा ख्याल गर्नुहोस् तपाईंको एकाउन्ट नै बन्द हुनसक्छ ।
अन्नपूर्ण पोस्ट  वाट साभार 

Thursday, May 12, 2016

अमृत हो तीते करेला, खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

एजेन्सी । गर्मी बढेसँगै करेलाको सीजन सुरु हुन्छ ।
औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक छ । मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् । करेलाले घामबाट पनि बचाउने बताइन्छ ।
थाहा पाउनुस् करेलाका फाइदाहरुः
– खानामा रुचि बढाउँछ ।
– छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
– खाएको कुरा राम्ररी पचाउँछ ।
– पेटसफा राख्दछ ।
– कब्जियत हुन दिँदैन ।
– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
– मधुमेह रोगीलाई
– इन्सुलिनको काम गर्छ ।
– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, -हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।
– तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
– औषधिको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
– तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
– साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
– मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
– तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।
– आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
– तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
– बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
– तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
– तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग -स्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
अन्य उपयोगिता: तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ
- Source dainiknepal

Wednesday, May 11, 2016

काठमाण्डौको चंद्रगिरिमा चल्न थाले केबलकार (फोटो फिचर)

- शब्द/तस्बिर : प्रकाश तिमिल्सेना, काठमाडौं
वैशाख २७, २०७३- केबलकार चढ्न मनकामना नै पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ ।
थानकोट गोदामचौरबाट चन्द्रागिरि डाँडासम्म दुई किलोमिटर दूरीमा अब ३८ वटा केबलकार सञ्चालन हुनेछन् । ९ मिनेटको यात्रा दूरी हुनेछ । केबलकार सञ्चालक कम्पनी काठमाडौं फनपार्कका अध्यक्ष चन्द्र ढकालका अनुसार केबलकार एक महिनापछि नियमित सञ्चालन हुनेछ ।









ekantipur वाट साभार 

Sunday, May 8, 2016

ग्यास्ट्रिकबाट पिडित हुनु हुन्छ ? ल अब यस्तो मात्र गर्नुस सबै चट्टै हुने तरिकाहरु

काठमाडौँ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही यहाँ भनिएको छ:-
१. बेसारको पात बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. आलुको जुस आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।
४. अदुवा ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडा बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ
७. हिंग हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा बिउ एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन २- ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।
१०. सुप सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
११. पुदिना एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।
   
  (स्रोत खवर बिहानी)

Sunday, April 24, 2016

गर्मी निकै बढ्यो, नो टेन्सन ! अब घरमै बनाउनुहोस् एसी (तरिकासहित)


वैशाख महिनाको पनि आधाआधी भइसक्यो । अहिले मुलुकका अधिकांश स्थानमा खपिनसक्नु गर्मी छ । फ्यान चलाउँदा पनि तातो हावा मात्रै फाल्छ । गर्मी भगाउने सबैभन्दा प्रभावकारी विकल्प भनेको एयर कण्डिसनर (एसी) चलाउने नै हो । तर एसी खरिद गर्ने र चलाउने अवस्था अधिकांश नेपालीको छैन । एसी खरिद गर्न महङ्गो त पर्छ नै खरिद गरिसकेपछि पनि धेरै विजुली खपत गर्ने भएकाले चलाईसक्नु हुँदैन । त्यसैले आज हामी तपाईंलाई घरमै एसी तयार गर्ने तरिका सिकाउँदैछौं ।
आवश्यक सामाग्री:

– एउटा प्लास्टिकको बाल्टी

– करिब एक डेढ हात लामो पिबीसी पाइपको टुक्रा

– एउटा सानो फ्यान

– बरफ

– बाल्टीमा प्वाल पार्नका लागि कटर

– टेप
आउनुस् अब एसी तयार गरौं ।
1)पहिलो चरण: प्लास्टिकको बाल्टी बिर्को कसेर लगाउन मिल्ने खालको हुनुपर्छ । बाल्टीको बिर्कोमा तपाईंले ल्याउनु भएको सानो फ्यानको आकारको चिनो लगाउनुहोस् । यसका लागि साइन पेन प्रयोग गर्न सक्नुहुन्छ ।
2)दोस्रो चरण: अब चिनो लगाएको ठाउँमा काटेर गोलो प्वाल बनाउनुहोस् । ता कि त्यहाँबाट तलतिर फर्काएर फ्यान राख्न सकियोस् ।
3)तेस्रो चरण: फ्यानलाई बाल्टी भित्र फर्काएर राख्नुहोस् । त्यहाँ अडिने गरि टेप लगाउनुहोस् । टेप लगाउँदा ख्याल गर्नुहोला फ्यानको पछिल्लो भाग सबै छोपिनु हुँदैन । छेउ-छेउमामात्रै लगाउँदा पनि फ्यान अडिन सक्छ ।

Monday, April 18, 2016

नक्कली फेसवुकमार्फत अस्लिल फोटो हाल्ने युवती प्रहरी फन्दामा

वैशाख ६
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अस्लिल अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। पर्वत जिल्लाको खौलालाकुरी–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा पोस्ट गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई घरबाट पक्राउ गरेको हो । जिल्लाको पाङराङ–७ बस्ने एक २० वर्षीया युवतीको नाममा उनकै तस्बिर राखेर नक्कली आइडी बनाएर सो कार्य गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उनले सानी काली सशीला नामको नक्कली आइडी बनाएर पीडित युवतीको फोटोसँग अरुको फोटो जोडेर फेसबुकमा राख्ने गरेको पीडितले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले वैशाख ३ गते कुवँरलाई पक्राउ गरेको थियो। पक्राउ परेकी कुवँरले र थापाठाना बस्ने सुवर्ण पौडेललाई विगत एक वर्षबाट मन पराइरहेको र पौडेल र पीडित युवती नजिकको साथी भएकाले दुई जनाको सम्बन्ध बिर्गान तथा बदला लिने भावनाले यस्तो गरेको अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए। नक्कली फेसबुक आइडी प्रयोगकर्ता कुवँरलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत सार्वजनिक अपराधसम्बन्धी अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। रासस प्रकाशित मिति: सोमबार, बैशाख ६, २०७३ १०:१३:५५

Saturday, April 16, 2016

विदेशबाट परिवार वा साथीभाइलाई मोबाइल ल्याउँदै हुनुहुन्छ? यो पढ्नुस्, अब पहिले जस्तो सजिलो हुनेछैन .


विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो। आनन्दै।
तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन। मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम बनाउँदैछ। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ। नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?
तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा लगे दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले यस्तो फाराम भर्नुपर्छ

Wednesday, April 13, 2016

तपाईको ल्याप्टोप off हुदा पनि मोबाइल चार्ज यसरी गर्नुहोस् ।

How to Charge Smartphone even When Laptop is Power Off
In this article we’re going to discuss about how to charge your mobile phone even when laptop is power off. We‘ll learn how we can use eSATA/USB port of our laptop to charge smartphone using USB data cable even with closed laptop. It’s not a joke or fun.

Whenever you charged your phone you need to turn on your laptop also without making it shut down or sleep. But now with these following steps, you can charge smartphone even when laptop is power off.

Select “My Computer” and “Right Click” on that icon and select “Properties”
Now click on “Device Manager”
Click “Universal Serial bus controllers”
Now “Select Root Hub” option, do right click and select “Properties”
Click on “Power Management” and Uncheck “Allow the computer to turn off this device to save power”. Finally click on “OK”.
Now you’ve done.
Still, you have any confusion to follow the steps, look at the picture below and do charge your smartphone even when laptop is power off

Monday, March 21, 2016

फेसबुकमा तपाइँलाई कसले अनफ्रेण्ड गर्यो ? यसरी थाहा पाउनुहोस्

फेसबुक सबैभन्दा लोकप्रिय सोसल नेटवर्किंग साइटको रुपमा रहेको छ । दुनियामा डेढ अर्ब भन्दा बढि मानिसले फेसबुक चलाउँदछन् । फेसबुकमा धेरै भन्दा धेरै साथीहरु हुनु व्यक्तिको सामाजिक दायरा विस्तारको द्योतक पनि मान्न सकिन्छ । तर कहिलेकाहीँ अचानक हाम्रो फेसबुक फ्रेण्ड लिष्टमा भएका साथीहरुको संख्या बढ्नुको साटो घटेको हुन्छ । यसको मतलब कसैले तपाइँलाई अनफ्रेण्ड गरिदिएको हुन्छ ।

Facebook_featuredतपाइँलाई कसले फेसबुकबाट हटाइदियो भनेर थाहा पाउन फेसबुकले कुनै नोटिफिकेसन उपलब्ध गराउँदैन र यो कुरा जान्नका लागि फेसबुकले कुनै फिचर उपलब्ध गराएको पनि छैन । तर यदि तपाइँले सानो जुक्ति लगाउनुभयो भने तपाइँलाई फेसबुकमा कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

हालै एउटा यस्तो एप लञ्च भएको छ, जसको प्रयोग गरेर तपाइँले आफुलाई फेसबुकबाट अनफ्रेण्ड गर्ने मानिस चिन्न सक्नुहुन्छ । हु डिलिटेड मी नामक यो एपद्धारा तपाइँले फेसबुकमा तपाइँलाई कसले ब्लक गर्यो भन्ने कुरा पनि जान्न सक्नुहुन्छ ।

साथै यो एपले हालै तपाइँको अनफ्रेण्ड लिष्टमा को मानिस थपियो भन्ने कुराको सूचि पनि देखाइदिन्छ अनि तपाइँको कुन साथीले आफ्नो अकाउण्ट निस्कृय पार्यो वा पुनः सक्रिय तुल्यायो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।

यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्नुभन्दा पहिले कसैले तपाइँलाई अनफ्रेण्ड गरिसकेको छ भने चाहीँ त्यो थाहा पाउन सक्नुहुनेछैन तर एप डाउनलोड गरिसकेपछि तपाइँलाई अनफ्रेण्ड गर्नेको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यो एप हाल एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप डाउनलोड गर्न प्लेस्टोरमा गएर whodeletedme एप सर्च गरेर इन्स्टल गर्नुपर्नेछ । अनलाइनखबर बाट ।

Friday, December 20, 2013

१८वर्षअघि हराएका भाई फेसबुकले भेट्टाइदियो

पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले १८ वर्षअघि नै हराएका आफ्ना भाइको माया मारिसकेका थिए । उनी जिउँदै होलान् भन्ने त चिताएकासम्म थिएनन् ।

एक साताअघि मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा आएको ‘फेन्ड रिक्वेस्ट’ (साथी बन्ने आग्रह) उनको निम्ति जिन्दगीकै सबभन्दा ठूलो आश्चर्य बन्यो ।
त्यो ‘फेन्ड रिक्वेस्ट’ आएको थियो, पुण्यराज कार्कीको नामबाट ।

‘सुरुमा त चिन्नै सकिनँ । यत्तिका वर्षपछि उसको फोटो देखेको थिएँ । अनुहार निकै बदलिएछ । हल्का दारी पलाएको रहेछ । अनुहारमा कताकतति चाउरी पनि परेछन्,’ कार्कीले भने, ‘तर नाम पनि उही, झट्ट हेर्दा उस्तै

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।