Sunday, June 26, 2016

विदेशबाट सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ? होस गर्नुस्, साउन १ देखि नियम परिवर्तन हुँदैछ

तपाईँ विदेशमा बस्नुहुन्छ र सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ भने सावधान, पहिलेको नियम असार मसान्तसम्म मात्र हो। २०७३ साउन १ गतेदेखि नयाँ नियम लागू हुँदैछ। पुरानै नियम अनुसार सामान ल्याउनु होला र खोसिएला।

के-के परिवर्तन हुँदैछ त?

सबभन्दा पहिला त मदिराकै कुरा गरौँ। पहिला १.१५ लिटरसम्मको ब्लु लेबल, रेड लेबल, ब्ल्याक लेबल आदि जुनसुकै प्रकारको मदिरा एक बोतल ल्याउन दिइन्थ्यो भन्सार नतिरी। अब भने .१५ लिटर घटेको छ। अर्थात् १ लिटर मात्रै ल्याउन पाइन्छ।

त्यसैगरी सुन र चाँदी ल्याउने नियममा पनि परिवर्तन भएको छ।

पहिला सुन तथा सुनका गहना ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन भने पूर्ण प्रतिबन्ध लगाइएको छ।

चाँदीमा पनि पहिला चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यस्तै पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो। अहिले भने त्यसलाई हटाइएको छ। महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइन्न। गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन पाइन्न।

पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो। अब भने यो बुँदा हटाइएकोले महसूस बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइन्न। गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५०० ग्रामसम्म मात्र ल्याउन पाइन्छ।

ल्याउन नपाउने सामान ल्याएमा जफत गर्ने नियम छ।

यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी अन्य व्यवस्था
वैदेशिक रोजगारमा गई फर्कने यात्रुले ल्याउने टी. भी. मा के कति महसुल लाग्दछ ?

टी. भी. मा इन्चका आधारमा महसुल लाग्छ । वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १ वर्ष काम गरी फर्किने यात्रुले ३२ ” सम्मको टी. भी. मा लाग्ने कर महसुल पूरै छुट पाउने व्यवस्था छ ।

हुलाक पुलिन्दा बाट के कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?
स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५००० मूल्य सम्म र बिनाभुक्तानी अमेरिकी डलर २०० मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

नेपाली नागरिकले पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोगका यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?
पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।

निजी गुण्टा, झिटी, भारी सम्बन्धी सूचना अनुसार विदेशबाट ल्याएको मालवस्तु मध्ये भन्सार दर माफी भएको वस्तुमा समदरबाट भन्सार महसुल गणना गर्दा कति प्रतिशत महसुल लाग्दछ ?

त्यस्तो वस्तुमा १५ प्रतिशत महसुल लाग्ने व्यवस्था छ ।

वैदेशिक रोजगारमा गई लगातार बाह्र महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ बत्तीस इन्च सम्मको टिभीमा कर महसुल छुट दिंदा कति पटक दिने व्यवस्था छ ?

यस्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ ।

निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा निशुल्क ल्याउन पाउने भनी तोकिएकोभन्दा बढी भएको मालवस्तु ल्याएमा के हुन्छ ?

औचित्य हेरी लाग्ने महसुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था छ |
(खवर आजको my sansar वाट साभार गरिएको  हो)

Monday, June 20, 2016

यी हुन् काबुलमा मारिने १२ नेपाली (सूचीसहित)

सन्तोष घिमिरे सोमवार, आषाढ
आक्रमणमा परेका नेपालीसहितको काबुलस्थित अस्पतालमा उपचार गरिँदै । तस्बिर: एजेन्सी
मारिएका थप दुईजनाबारे अझै अलमल
काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपाली युवाको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका हुन् ।
प्रवक्ता पौड्यालका अनुसार काबुलमा मारिएकामध्ये १२ जनाको मात्र पुष्टि भएको बताए । ‘१४ जना मारिएको सूचना आएपनि अन्य दुईजना विदेशी हुनसक्ने अनुमान छ’, उनले भने, ‘नेपालीसँग अनुहार मिल्दोजुल्दो भएपनि उनीहरु नेपाली नै भएको एकीन भएको छैन ।’
काबुल विस्फोटमा १४ जना मारिएको कुरा सरकारले जानकारी दिएको थियो । परराष्ट्र मन्त्री कमल थापाले पनि सोमबारको संसद् बैठकमा १४ नेपालीको ज्यान गएको जानकारी गराएका थिए ।

प्रवक्ता पौड्यालले काबुल जानका लागि पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल तयारी अवस्थामा रहेको जानकारी दिए । इस्लामावादबाट काबुल जाने जहाज बिहानै उड्ने भएकाले भोलि बिहानसम्म पाकिस्तानी दूतावासबाट अधिकारीहरु काबुल पुग्ने पौड्यालको भनाइ छ ।
‘पाकिस्तानस्थित हाम्रा अधिकारीहरु काबुल पुगेर शवलाई नेपाल फर्काउन तथा घाइतेको प्रभावकारी उपचारको पहल गर्नेछन्’, पौड्यालले भने, ‘घटनापछि सरकारले अफगान सरकारसँग निरन्तर सम्पर्क गरिरहेको छ । घाइतेको उपचारमा कुनै कसर नराख्न भनेका छौं ।’
(copied from annapurna post)

आत्मघाती आक्रमणमा अफगानिस्तानमा १४ नेपालीको मृत्यु भएको पुष्टि


अनलाइनखबर
६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् ।

नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहााको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए ।

बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसागै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले जनाएको छ ।
(आजको अनलाइन खवरमा समाचार छ )

Saturday, May 14, 2016

युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालक :

उमाकान्त पाण्डे/उज्यालो । युएई, वैशाख १ – संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा उहाँको परिचय उँचो बनाएको छ ।
दृढ इच्छाशक्ति भए मानिसले हरेक काममा सफलता पाउँछ भन्ने उदाहरण बनेकी झापाको काँकडभिट्टाकी ३३ वर्षे करुणा अधिकारी राई दुई वर्षअघि मात्र युएई आउनु भएको हो । झापाको मेचिनगर नगरपालिका १० बर्मेली टोलकी करुणा अहिले युएईको व्यस्त सडकमा ट्याक्सी चालकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ युएईमा पहिलो महिला ट्याक्सी चालकको रुपमा मात्रै होइन्, साहसी र राम्रो आम्दानी गर्न सफल महिलाको रुपमा पनि चिनिनुहुन्छ ।
युएईमै कार्यरत श्रीमानले बोलाएपछि भिजिट भिसामा आएकी करुणाले नेपालमा स्कुटर चलाए पनि चारपाङ्गे्र सवारीको स्टेरिङ समाउनु भएको थिएन । तीन महिने भिजिट भिसामा आएकी उहाँको जब भिसाको अवधि सकिँदै गयो काम नभेटेर नेपाल फर्कनुपर्ने हो कि भन्ने चिन्ताले सताउन थाल्यो ।
१२ वर्ष युएईमा बसेर पछिल्ला चार वर्ष यता बहुराष्ट्रिय कम्पनी अलसाया ग्रुपको आइसक्रिम बेच्ने ब्राण्ड पिंक वेरीमा डेलिभरी म्यानको काम गर्दै आएका उहाँका श्रीमान राना अधिकारी सुनिलको मासिक आयस्ताले श्रीमतीलाई युएई राख्न पुग्दैनथ्यो । त्यसैले उहाँ करुणाका लागि कामको खोजीमा हुनुहुन्थ्यो । लेडिज सेल्सको काम पाए पनि त्यस प्रति करुणाको झुकाव भएन ।
फिलिपिनो महिलाले कुदाउँदा मैंले किन नसक्ने ?
‘एक दिन फिलिपिनो महिलाले ट्याक्सी चलाएको देखें ।’ करुणाले विगत सम्झनुभयो ‘सकिँदो रहेछ नि  महिला भएर पनि गाडी हुँइक्याउन । मैंले किन नसक्ने भन्ने सोचेर श्रीमानलाई ट्याक्सी चलाउन मन लागेको बताएँ ।’
मन भए पनि युएईमा मोटर चलाउन त्यति सजिलो छैन । करुणाका श्रीमानको पहिलो प्रतिक्रिया थियो । ‘युएईको ट्राफिक र नौ लेनसम्मको सडकमा मोटर चलाउन त्यति सजिलो छैन । तिमी त एकपटक पनि स्टेरिङ नसमाएको मान्छे ।’ श्रीमानसँग जसरी भएपनि ट्याक्सी ड्राइभर बनेरै छाड्ने बताएपछि दुवैले ट्याक्सी कम्पनीको खोजी सुरु गरे । इन्टरनेटमार्फत ट्याक्सी कम्पनी खोजेर आवेदन दिने काम भयो । तर सुरुमै कहिल्यै मोटर नचलाएको मानिसलाई कम्पनीले पत्याउने कुरा भएन ।
उहाँले कम्पनीलाई प्रस्ताव राख्नुभयो ‘मलाई अवसर दिनुस्, काम गरेर प्रमाणित गर्नेछुु ।’ कागजपत्र बुझाएको केहि दिनपछि आबुधाबीमा रहेको अरेबियन ट्याक्सी कम्पनीले करुणालाई कार्यालयमा बोलायो । कम्पनीले आधा पैसा आफैं बोहोर्नु पर्ने सर्तमा सवारी चालक अनुमती पत्र निकाल्न सहयोग गर्ने जनाएपछि ट्याक्सी कुदाउने ढोका खुल्न थाल्यो ।
सवारी चालक अनुमती पत्र लिन उहाँले झण्डै ६ महिना मेहेनत गर्नुपर्‍यो । आबुधाबीको मुसाफामा रहेको इमिरेट्स ड्राइभिङ स्कुलमा ड्राइभिङ सिकेर दोस्रो पटकको प्रयासमा उहाँले सवारी चालक अनुमती पत्र लिनुभयो र सन् २०१४, अगष्टदेखि आबुधाबीको सडकमा ट्याक्सी गुडाउनु सुरु गर्नुभयो । कम्पनीलाई दिएको वचन पूरा गरेपछि उज्यालो अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो ‘आँट राखेर मेहनत गरे जे काम पनि गर्न सकिने रहेछ ।’
हिजोआज महिनामा एक लाख रुपैयाँ भन्दा बढि कमाउने करुणा भन्नुहुन्छ ‘जति मेहनत गर्यो, उति कमाई हुन्छ ।
मेरो अहिलेको कमाई श्रीमानको भन्दा धेरै हुन्छ ।’ नियमित काम त छँदैछ, सँगसँगै करुणा दम्पतीलाई ११ महिनाकी छोरी पनि परदेशमा नै हुर्काउनुपर्ने जिम्मेवारी पनि छ । त्यसका लागि दुवै जनाले समय व्यवस्थापन गरिरहेको उहाँहरु बताउनुहुन्छ । करुणालाई साहसी र उदाहरणीय महिलाका रुपमा कास्की आदर्श सेवा समाज युएईले सम्मानसमेत गरेको छ । लोक गायिका सावित्री गिरीको सहयोगमा नेपाली दूतावासकी द्वितिय सचिव बिष्णु अधिकारी र नेपाली समाजका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालले उहाँलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो ।
- /ujyaaloonline वाट साभार 

Sunday, May 8, 2016

दुबइ यएरपोटवाट नेपाल अाउँदै हुनुहुन्छ भने सित्तैमा सुनको गहना नेपाल सम्म पाउँन सक्नुहुनेछ


नेपाल जाँदै हुनुहुन्छ? सुनै सुनले सजिएर जान मन छ? छ भने दुबई एयरपोर्ट आउनुहोस् मौका छ, आजको कान्तिपुरमा खबर छ।
GOLDछैन भनेपनि हतपती धर पाउनुहुने छैन। एयरपोर्ट छिर्नेबित्तिकै सुन बोकेर र गहना लगाएर जानैपर्ने अनुरोध गर्दै कुनै व्यक्तिले पछ्याउन सक्नेछ। सजिएर गइदिएवापत राम्रै पैसा पनि मिल्नेछ।
डराउनु पर्दैन त्यसवापत कुनै खतरा छैन। कुनै नियम कानुन उल्लंघन हुने वा पक्राउ पर्ने डर छैन।
त्यसो भए किन नपहिरिने? अलिकति सुन बोकेर किन नलगिदिने? तपाईँ यो निचोडमा पुग्नुहुनेछ। अर्को पुग्नेछ। त्यसो गर्दा गर्दै यताबाट नेपाल जाने अधिकांश यात्रु‘सुन भरिया’ बन्छन्। व्यक्ति फकाएर सुन लगि ठूलो मात्रामा राजश्व छल्ने र दुई नम्बरी बजारमा पुर्‍याउने धन्दा खुब फस्टाएको छ। यसलाई सहज बनाएको हो-नेपाल सरकारको फितलो नियमले।
source new24

Thursday, April 21, 2016

सिन्धुपाल्चोकबाट यसरी अमेरिका पुगिन् रमिला

कतै जंगलमा लास टेक्दै, कतै अग्लो बार नाघ्दै
लीलानाथ घिमिरे, अमेरिका
यो यात्रा वृतान्त हो सिन्धुपाल्चोककी ३० वर्षीया युवती रमिला श्रेष्ठ (नाम परिवर्तन) को । उनी ४ महिना लगाएर यसै साता अमेरिका आइपुगेकी छन् ।
निकै जोखिमपूर्ण उनको यात्रा क्रिस्टोफर कोलम्बस या भास्को डि गामाको भन्दा कम रोचक र साहसिलो छैन रमिलालाई दलालले २३ लाख रुपैयाँ लिएर मेक्सिकोको सीमानामा छाडिदिएको थियो । त्यहाँबाट उनले अमेरिकाको क्यालिफोर्नियामा पर्ने टिजुएना छिर्न आफूभन्दा निकै अग्लो बार नाघिन् । त्यसपछि अमेरिकी प्रहरीसामु आत्मसमर्पण गरिन् ।
रमिलालाई हातमा हतकडी, खुट्टामा नेल र घाँटीमा साङ्लोले बाँधेर अमेरिकन प्रहरीले हिरासतमा लियो ।
पक्राउ परेपछि उनले वकिलसँग सल्लाह गरिन् । प्रहरीले उनलाई अदालतमा पेश गर्‍यो । उनका वकिलको आग्रहअनुसार न्यायाधीशले उनलाई ७ हजार डलर (करिव साँडे ७ लाख रुपैयाँ) धरौटी लिएर छाडिदिए ।
अहिले उनी अमेरिकाको सुदूरपश्चिमी राज्य क्यालिफोर्नियाबाट सुदुरपूर्वी राज्य न्युयोर्क आइपुगेकी छन् । छिटो उड्ने जेटमा समेत यात्रा गर्न ७ घन्टा लाग्ने दुई राज्यबीचको दुरी उनले तीन दिन लगाएर बसमा पार गरिन् ।
उनलाई अभिभावकले काठमाडौंबाटै ७ सय डलर तिरेर हवाइजहाजको टिकट लिइदिएका थिए । तर, आफ्नो पासपोर्ट अमेरिका प्रवेश गर्नुअघि फ्याँकिसकेकाले उनीसँग परिचय खुल्ने कागजात केही थिएन । त्यसैले उनले हवाइजहाजमा यात्रा गर्न पाइनन् र तीन दिन बस चढ्न बाध्य भइन् ।
सँगै गएका साथीहरु बिरामी परे उसलाई रुँगेर बस्ने फुर्सद हुँदैनथ्यो, तिनीहरु उपचार नपाएर त्यहीँ मर्न सक्छन् ।’ उनले एक दिन बास बसेको ठाउँमा भोलिपल्ट मानिसको लास त्यतिकै ढलिरहेको देखिन्
यसरी भयो अमेरिका यात्रा
उनको यात्रा सुरु हुन्छ, काठमाडौंबाट । गाउँमा उनका बाबु र दुई दाजुका परिवार छन् । आमा सानैमा गुमाएकी उनी परिवारकी एक्ली छोरी हुन् ।
उनी काठमाडौं बसेर पढ्थिन् । त्यही क्रममा उनले ब्युटी पार्लरको तालिम लिइन् । त्यसैबीच उनको नाकको शल्यक्रिया गर्नुपर्‍यो । त्यसपछि उनलाई धुलो र धुवाँले एलर्जी हुने समस्या देखियो । डाक्टरले धुलोधुवाँबाट बच्न भने । तर, काठमाडौंमा धुलोधुँवाबाट कसरी बच्ने ? यो सम्भवै छैन ।
त्यसपछि उनले कोरिया जाने योजना बनाइन् । कोरियन भाषाको परीक्षाको तयारी गरिन् । मेहनत गरेर परीक्षामा उनले ९८ प्रतिशत नम्बर ल्याइन् । त्यसपछि उनी कोरियाबाट कामदार भिसा अनुमतिको पर्खाइमा बसिन् । दिन, हप्ता, महिना बिते, उनको भिसा आएन ।
निराश बनेकी उनी कहिलेकाहीँ गाउँ र्फकन्थिन् । गाउँमा उनलाई सबैले जिस्क्याउँथे । ‘विदेश जान्छु भन्थिस् त, अझै यतै छेस् ? यसो भनेर सबैले गिज्याउँथे,’  अहिले उनी सम्भिmन्छिन्, ‘त्यतिखेर आफूलाई निकै ग्लानी हुन्थ्यो ।’
त्यही ब्युटीसियनको काम गर्दा उनले आफूलाई राम्री बनाउन चाहनेहरुको पेडिक्योर गर्न खुट्टा छुनुपथ्र्यो । उनका गाउँका आफन्तहरुले उनलाई ‘पढेर पनि अरुका खुट्टा धोएर बस्छे’ भन्दै गिज्याउँथे ।
उनले ती गाउँलेलाई देखाउनकै लागि विदेश गएरै छाड्ने अठोट गरिन् । तर जाने कसरी ? उनले धेरै केटा मान्छेहरु दलाललाई पैसा बुझाएर अमेरिका छिरेको सुनेकी थिइन् । त्यहाँ राम्रो कमाइ हुन्छ, जीवन सुखमय हुन्छ भन्ने उनले सुनेकी थिइन् । त्यही सपनाको मुलुक अमेरिकाले उनलाई पनि तान्यो । एकपटक त्यहाँ पुग्ने प्रयास गरिहेरौं जस्तो उनलाई लाग्यो ।
उनले चिनेजानेका सबैसँग दलालको सम्पर्क मागिन् । विदेश जानेलाई सहजीकरण गरिरहेकाहरुसँग सल्लाह गरिन् । अनेक प्रयासपछि उनको विदेशमा रहेका एकजना दलालसँग सम्पर्क भयो ।
फेसबुकमार्फत सम्पर्क भएका दलालले पहिले उनलाई पत्याएनन् । अनेक अनुनय विनय गरेपछि उनको डिल फाइनल भयो । दलालले भनेअनुसार उनी रकम बुझाउन तयार भइन् । त्यसपछि दलालले टिकट काटेर मलेसिया आउन भने ।
उनले पनि अवैध बाटो हुँदै गरिने अमेरिकासम्मको यात्रा निकै जोखिमपूर्ण हुने कुरा सुनेकी हुन् । धेरै मुलुकको बोर्डर पार गरेर तय गरिने अमेरिकाको यात्रा सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी थिएन । ज्यानको जेखिमसमेत हुनसक्थ्यो । उनले हिम्मत जुटाइन् ।
दलाललाई केही रकम पेश्की उनका आफन्तमार्फत बुझाएपछि एक्लै सुरु भयो उनको अमेरिका पुग्ने अनन्त यात्रा ।  सुरुमा उनी मलेसिया उडिन् । दलालसँग मोवाइल र अरु अनलाइन मेसेन्जरमार्फत मात्र उनको सम्पर्क हुन्थ्यो ।
दलालले उनलाई मेसेन्जरमा सम्बन्धित मुलुकको सम्पर्क व्यक्तिको नाम, ठेगाना, बस्ने होटल लगायतको विवरण पठाउँथे । त्यहीअनुसार उनी सम्पर्क गर्दै अगाडि बढ्थिन् ।
मलेसिया पुगेपछि उनको विभिन्न मुलुकबाट अमेरिका पुग्ने सपना बोकेका अरु ४/५ जनासँग भेट भयो । त्यसपछि उनीहरुसँगै मलेसियाबाट बोलिभिया, पेरु, इक्वेडोर कोस्टारिका, निकारागुवा, एलसाल्भाडोर, ग्वाटेमाला हुँदै मेक्सिको पुगे ।
यात्रा कतिको कठिन भयो ? ‘मलाई त्यति गाह्रो भएन,’ उनले सुनाइन् । यसो भन्दैगर्दा उनको अनुहार विजयी भावमा धपक्क बलेको थियो । यद्यपि उनले बाटोमा देखेका, भोगेका कुरा अरुका लागि आङै सिरिङ बनाउने खालका थिए ।
उनले कैयौं रात जंगलको बाटो हुँदै यात्रा गर्नुपर्‍यो । दलालले कुनै मुलुकको बोर्डर आउन लागेपछि कता सुरक्षा कडाइ छ, कता खुकुलो छ भनेर बुझ्थे । त्यसैअनुसार उनीहरुको हिँड्ने रुट परिवर्तन हुन्थ्यो । कतिपय ठाउँमा उनले मानिसका लाससमेत टेक्दै हिँड्नुपर्‍यो ।
हिँड्ने बाटोमा सधैं हतार हुन्थ्यो । विस्तारै हिँड्नेहरु र हिँड्न नसक्नेहरु बाटैमा छुट्थे । एक दिन लगातार ९ घण्टासम्म जंगलको बाटो हिँड्नुपर्‍यो
‘सँगै गएका साथीहरु बिरामी परे उसलाई रुँगेर बस्ने फुर्सद हुँदैनथ्यो,’ उनले भनिन्, ‘तिनीहरु उपचार नपाएर त्यहीँ मर्न सक्छन् ।’ उनले एक दिन बास बसेको ठाउँमा भोलिपल्ट मानिसको लास त्यतिकै ढलिरहेको देखिन् ।
हिँड्ने बाटोमा सधैं हतार हुन्थ्यो । विस्तारै हिँड्नेहरु र हिँड्न नसक्नेहरु बाटैमा छुट्थे । एक दिन लगातार ९ घण्टासम्म जंगलको बाटो हिँड्नुपर्‍यो उनले । कतिपय ठाउँमा उनी समस्यामा परिन् । ती ठाउँमा उनी प्रहरीसमक्ष पुगेर आत्मसमर्पण गर्थिन् । ‘त्यसो गर्दा त्यो मुलुकमा रहुन्जेल सुरक्षित रुपमा बस्न पाइन्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ रहँदा प्रहरीले निश्चित समयभित्र सम्बन्धित मुलुक छाड्ने आदेशसहितको कागज उपलब्ध गराउँथ्यो । त्यो कागजका आधारमा सुरक्षित रुपमा बस्न सकिन्थ्यो ।’
उनी मेक्सिकोमा आएपछि पक्राउ परिन् र त्यहाँ ६ दिन बसेर छुटिन् । त्यसपछि उनी अमेरिकाको बोर्डर पार गर्न अग्लो बार नाघेर फाल्हालेकी थिइन् ।
अमेरिका छिर्दा उनीसँग आफूले लगाएको एकसरो कपडाबाहेक केही थिएन । उनी अहिले आधा भाडा तिर्नेगरी एक जना नेपाली दिदीसँगै बसेकी छन् । उनलाई नेपालबाट दाजुले अहिलेसम्म खर्च पठाइरहेका छन् ।
संसारकै वैध, अवैध आप्रवासीहरु बस्ने शहर न्युयोर्कमा उनले यसै साता आफूलाई आवश्यक, कपडा, कस्मेटिक्स लगायत दैनिक आवश्यकताका सामानहरु किनमेल गरिन् ।
यतिखेर उनको शरणार्थी बन्ने प्रक्रियाको मुद्दा अघि बढेको छ । उनी यहाँ बस्न खर्च जुटाउन र दलाललाई तिरेको खर्च उकास्न कामको खोजीमा छिन् । झण्डै ३० लाख रुपैयाँ खर्च गरेर अमेरिका आएकी उनले कति समयमा त्यसको भरताल गर्लिन् ? उनीसँग यसको स्पष्ट उत्तर छैन । यद्यपि उनलाई जोखिम मोलेर र पैसा खर्च गरेर यसरी अमेरिका छिरेकोमा कुनै पश्चाताप छैन ।
रमिला एउटी प्रतिनिधि पात्र हुन् । युवाहरु यसरी अमेरिका छिरेका समाचार बारम्बार सञ्चार माध्यममा आइरहेका छन् । तर, युवतीले समेत यस्तो कठिन यात्रा तय गरेको भने बिरलै सुन्न पाइन्छ ।
रमिलालाई उनको हिम्मत र पैसाले अमेरिका ल्याइदिएको हो ।
रमिलाका अनुसार सिन्धुपाल्चोकबाट यसरी अवैध बाटो हुँदै अमेरिका आउने उनी एक्ली भने हैनन् । भूकम्पपछि सिन्धुपाल्चोकका धेरै बस्ती ढलेर सोत्तर भए । त्यहाँको उत्तरी सीमानाका तातोपानी अझै सञ्चालनमा आउन सकेको छैन ।
धेरैलाई राम्रो रोजीरोटी उपलब्ध गराउने नाका सुचारु हुन नसकेपछि धेरैले यसैगरी जोखिम मोलेर अवैध बाटोबाट अमेरिकासम्मको यात्रा तय गरेका छन् ।
‘मेरो जिल्लाका कैयौं गाउँका अधिकांश युवा यसैगरी अमेरिका आएका छन्,’ उनले भनिन्, ‘यस्तो क्रम कतिञ्जेल चल्ने हो, कसैलाई थाहा छैन ।’
        onlinekhaber वाट
२०७३ वैशाख ९ गते ११:१३ मा प्रकाशित

Wednesday, April 20, 2016

अव कोरिया जान भासा मात्रै पास गरेर नहुने सिप सिकेको पनि हुन पर्ने


७ वैशाख, काठमाडौं । कामका लागि दक्षिण कोरिया जाने सपना बुन्दै हुनुहुन्छ ? त्यो हो भने अब भाषासँगै सीप पनि सिक्न थाल्नुभए हुन्छ । कोरियाले सन् २०१९ देखि भाषाको मात्रै होइन, सीपको पनि परीक्षण गरेर मात्रै नेपाली कामदार लैजाने भएको छ ।

रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि लैजाने क्रम २०१८ सम्म मात्रै चल्ने भएको छ । त्यसपछि सीप हातमा नभएका युवालाई कोरियाले असफल ठहर्‍याउनेछ ।
शारीरिक बनोटको परीक्षण र अन्तरवार्ता पनि
अब भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि कोरियाले परीक्षण गर्ने आज काठमाडाैंमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रणाली लागू भएपछि कोरिया जान अन्तवार्ता पनि अनिवार्य पास गर्नुपर्ने छ ।

आज कोरियाको मानव संशाधन विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । विभागअन्तर्गत इपीएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि कामदार छनोट प्रणालीमा अंक प्रणाली लगाउने जानकारी दिए ।

अनुभवको पनि मापन
अहिलेको २ सय पूर्णांकको सुनाइ र र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

कोरियाले नयाँ अंक प्रणालीमा अब उत्पादनमूलक क्षेत्रमा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्नेछ । कृषि, मत्स्यपालन, निर्माण लगायतको भाषा परीक्षामा ९० र सीप परीक्षणमा ११० पूर्णांक हुनेछ ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि विशेष रुपमा परीक्षण गर्नेछ । यस्तै कामदारको सीपको लेभल र कार्य अनुभवलाई पनि प्राथमिकता दिएर अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

महानिर्देशक वुकका अनुसार सन् २०१९देखि कागजी परीक्षा प्रणालीसमेत हट्नेछ ।  अब कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर जानेकाहरुले मात्रै दिनसक्छन् ।

नयाँ परीक्षा प्रणाली नवौं भाषा परीक्षाबाट लागु गर्ने कोरियाको तयारी छ । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।
स्रोत ghumfir.com

Tuesday, April 19, 2016

अमेरिका १ घण्टामै डुब्यो, आपतकाल घोषणा

वि.सं २०७३ बैशाख ०७ मंगलवार
 संवाददाता
काठमाडौं, ७ वैशाख । अमेरिकामा मंगलबार भीषण वर्षापछि आएको तुफान र बाढीका कारण पाँच जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार एक महिनामा लगातार पर्ने पानी एक घण्टामै वर्षीएपछि अमेरिकाको हस्टन र टेक्सास डुबानमा परेका छन् ।
डुबानपछि टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले हस्टनमा आपतकाल घोषणा गरेका छन् । मौसमविदका अनुसार त्यहाँ सोमबार मात्रै ४४।७ सेमि पानी परेको थियो ।

छोटो समयमा अत्याधिक पानी परेपछि आएको बाढीका कारण हस्टनमा १२ सय जनाको उद्धार गरिएको छ । अमेरिकाको चौथो ठूलो शहरका ७० हजार बासिन्दा अहिले लोडसेडिङमा बस्न भएका छन् ।
यो वर्षा र बाढीलाई ऐतिहासिक भनिएको छ । हस्टनका सडक पानीमा डुबेका छन् र मानिसहरुको घरभित्र पानी पसेको छ ।
बाढीपछि बच्चा, महिला र बृद्धलाई उद्दार गर्ने काम भइरहेको छ उनीहरुलाई सुरक्षित ठाउँमा लगिदैछ । बाढीबाट स्कुल, यातायात, विमानस्थल सबै प्रभावित भएका छन्
-स्रोत aawajonline.com 

Monday, August 10, 2015

बिश्वकै अहिले सम्मको ठूलो डरलाग्दो भूकम्प सूची सहित


बि.सं १३१० आषाढ शुक्ल तृतीया सोमबार, राजा अभय मल्लको शासनकालमा काठमाण्डौंमा गएको करिब ७.७ रेक्टर स्केलको भूकम्प हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्प मध्ये पहिलो प्रमाण हो । बि.सं १३१६ राजा

Friday, December 6, 2013

रहेनन् विश्व राज नेता नेल्सन मन्डेला भिडियो सहित

विश्व राज नेता नेल्सन मन्डेलाको देहाबशानमा दुखित नहुने को होला र ! त्यत्रो शताब्दि भन्दा लामो रंगभेद शासनको बिरुद्ध लडे बापत २७ बर्ष काराबास, यातना आदि सहेरपनि सन् २००४मा त्यो बर्बर शासनको अन्त्य गर्न उनले खेलेको भूमिका अतुलनिय छ ! आफू रास्ट्रपति निर्बाचित भएपछी, अघिल्लो दिन सम्म रास्ट्रपति भएका दे क्लार्कलाई उप-रास्ट्रपति हुन राजि गराए ! नत्र, गोरा र कालाहरुको फेरि द्वान्द भै प्रति क्रान्ति हुने प्रस्टै थियो! आफु जेल जीबन बिताइरहँदा अफ्रिकन नेसनल कांग्रेसको नेत्रीको हैसियतले श्रीमती वीनी मन्डेलामाथि भ्रस्टाचार गरेको लगाएतका आरोप प्रमाणित भएपछि पारपाचुके समेत गरे! कुनै जीवित मानिसलाई मान्छेले भगवान सरह मानेको मैले उनलाई नै देखेको हो, फोटोको त कुरै भएन उनको लकेट बनाएर लगाउँदा मान्छे शुरक्षित र गौरन्वित ठान्थे!! अलबिदा मन्डेला ~ अलबिदा मादेबा!! — video

Tuesday, December 3, 2013

नेपाली युवा बिदेशमा यसरी पनि ठगिन्छन्

यूएई / बिशेषगरी नयाँ इस्वी सम्बत आगमनको पुर्व सन्ध्यामा युएइको बरदुबई स्थित अलगुबैबा पार्क (नेपाली चोक ) मा खेलाइने जुवाजन्य खेलमा प्रलोभनबाट सैयौं नेपाली युवा ठगिने गरेका छन् ।
खासगरी बंगाली तथा पठानीहरुले दुइ चार दिनसम्म संचालन गर्ने बिभिन्न खाले जुवाजन्य खेलहरु अन्य बर्षहरुमा झैं यस बर्ष पनि एक केही दिनअघि देखि खेलाउन थालिएको छ । त्यहा खेलाइने खेलहरु मध्ये खाममा चिट्ठा राखेर खेलाइने खेल सबैभन्दा बढी युवाहरु ठगिने जुवा (खेल) हो । त्यस खेल खेलाउनेले  पचासदेखि सयवटा जति खाम राखिएको बिटो देखाउछन्  , जसमा राखिएका नम्बरहरुबाट छानेर खेल्दा अगाडिपट्टि बोर्डमा लेखिएका मध्ये लक्की नम्बर परेमा एउटै नम्बरबाट नम्बर हेरी सय देखि हजार वा दुइ

Wednesday, November 13, 2013

‘चुनावपछि विदेश आउनु नपरोस्’ मलेसियाका नेपाली यसो भन्छन्

नेपालमा अहिले चुनावको चहलपहल छ । संविधान बनाउनका लागि गरिएको चुनाव भएकाले यसप्रति चासो र चिन्ता विदेशमा बस्ने नेपालीमा पनि उत्तिकै छ । के भन्छन् त  मलेसियामा रहेका नेपाली चुनावको विषयमा:

एकीकृत माओवादीले जित्नुपर्छ

सन्तोष पौडेल
रामेछाप, हाल क्वालालम्पुर
नेपालका लागि संविधान सभाको चुनाव यो नै पहिलो होइन । ६ वर्षअघि पनि संविधानसभाको चुनाव भएको हो । तर राजनीति दलकै कारण संसारमा कहीँ नभएको नेपालमा फेरि संविधान सभाको चुनाव हुन लागेको छ । हामी विदेशमा

Monday, October 21, 2013

गैरआवासीय नेपाली संघ अध्यक्षमा शेष घले बिजयी

– गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका शेष घले अत्यधिक मतले बिजयी हुनुभएको छ ।

केहीवेर अघि सम्पन्न मतगणनाअनुसार घले ६० प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भएको बताइएको छ । अधिकांश पदमा घले सर्मथित पदाधिकारीले जित हात पारेका छन् । अध्यक्षमा घले र तेन्जी शेर्पावीच प्रतिस्पर्धा भएको थियो ।

यसैगरी उपाध्यक्षमा जापानका भवन भट्ट बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त, कोषाध्यक्षमा रसियाका बद्री केसी निर्वाचित भएका छन् । यस्तै युरोप संयोजकमा अर्जुन श्रेष्ठ बिजयी भएका छन् ।

सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएयता पहिलोपटक निर्वाचन प्रकृयामार्फत अध्यक्ष चुनिएको हो । यसअघि सर्वसहमतिमा नेतृत्व अध्यक्ष चयन हुँदै आएको भएपनि अन्य पदमा भने मतदान भएको थियो ।
डिसीनेपाल डटकम

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।